• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

स्यालहरुको मोर्चाबन्दीले हात्तीको सिकार गर्दैन–केपी ओली

  • चैत २६, २०७८

बागलुङ- नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनका दलहरुको मोर्चाबन्दी स्यालको मार्चाबन्दी भएको र यसले हात्तिको सिकार गर्न नसक्ने बताएका छन । नेकपा एमाले बागलुङले शनिबार बागलुङमा आयोजना गरेको विषेश प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले नेकपा एमाले हात्ती भएका कारण स्यालहरुले जति जे गर्न खोजे पनि सिकार गर्न नसक्ने बताए । उनले कम्युनिष्टलाई ध्वस्त पार्न लागेका प्रचण्ड माधवहरु अब कम्युनिष्ट पार्टी नभएर आफु सिद्धिन तर्फ लागेको बताए । माधव झलनाथ पहिले देखी कम्युनिष्ट आन्दोलनमा थिए पछि प्रचण्ड मिसिए ओलीले भने,–‘ यिनिहरु कम्युनिष्ट आन्दोलनलाई ध्वस्ता पार्न जन्मिएका हुन । हामी हल्लाउन दिँदैनौ र उनिहरुले सक्न पनि सक्दैनन् । नेकपा एमाले अनुसासित छ ।

एमालेले लिएको आन्दोलनको विजय हुन्छ । उनले पाँच दलिय गठबन्धनमा अहिले जोडिएका दलहरु हिजो एमालेको बहुमतको सरकार हुँदा पनि ढाल्न खोजेको आरोप लगाए । ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्नका निम्ती यिनै तत्वहरुले आरोप लगाउँदै हिडेको बताए । 
उनले देशमा जनयुद्धको नाममा एकातिर साम्प्रदायी र अर्को तिर विभिन्न भेगका नारा लगाएर देशलाई विभेदको रेखामा कोरेको बताए । ओलीले मधेशी दलहरु मधेशका मुद्धामा भन्दा पनि मुद्रामा तल्लीन भएको आरोप लगाए । ‘मधेशी नेताहरुले जनताको मुद्धा भन्दा पनि मुद्रालाई बढि ध्यान दिए ओलीले भने–‘हामी जनताको मुद्धाका पक्षमा छौं  नेकपा एमाले अब मधेशमा पनि अगाडी बढेको छ । मधेशमा रहेका ३२ सिटलाई अब दुईका पछाडी शुन्य थपेर ल्याउने छौं । हामी  मधेशी दलजस्तै मुद्रा कमाउनेमा हैन मुद्धाका लागि लड्ने छौं । उनले नेकपा तराईमा नेकपा एमाले मय भएका दाबी गरे । 
ओलीले पाँचदलिय गठबन्धनका भ्रष्टतन्त्रहरुले समाजबादका कुरा गर्दा सुन्दा पनि अचम्म लाग्ने बताए । ‘पशुपति शर्माको गित जस्तै लुट कान्छा लुट अरु देशमा पाईदैन यही देशमा हो छु जस्तै भएको छ । ओलील थपे,–‘देश बदल्न नाममा लुटन्ने मात्र काम भएको छ । आफ्ना मान्छेको भर्तिकेन्द्र भएको छ । ’
ओलीले अहिलेको नौ महिनाको सरकारले देशको अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाए ।  अर्थमन्त्रीलाई व्यंग गर्दै ओलीले क्रान्ती गरेको भनेर गर्भनरलाई अर्थतन्त्र सिकाएर मन्त्रीले नै दम्ब बढाएको बताए । आफुहरुले द्धन्द निम्ताउने भ्रष्टार गर्ने अर्थतन्त्रलाई धरासयी बनाउने  अनि गर्भनरलाई सिकाउने म आफै महान अर्थशास्त्री  हो भन्ने सोच्ने  यस्ता कुरालाई मजाको रुपमा लिने यसरी पनि देशको विकास हुन्छ ?’  ओलीले अगामी निर्वाचनमा हाछौंकी भनेर पाँच दलिय गठबन्धनका प्रभुहरु छटफटाएका बताए । प्रभुहरुलाई एमालेले सिद्धाउँछ की भन्ने डर छ साँचै एक्लै आए त सर्वनाश नै हुन्छ ।  मिलेरै आए पनि अलिअलि अस्थित्व जोगाउन सक्छन । लकडाउनमा सटर खोले जस्तै केही व्यापार गर्ने सटर रहलान । उनले नेकपा एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरे । 
 

प्रतिक्रिया