सभापति आउने पूर्व सन्ध्यामा काँग्रेसको मोटरसाईकल र्‍याली

  • फाल्गुण १४, २०८२

बागलुङ- फागुन २१ गते हुने आम निर्वाचनका लागि लक्षित गर्दै नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ चुनावी सभाको तयारी गरेको छ । शुक्रबार नेपाली काँग्रेसका केन्द्रीय सभापति गगन कुमार थापाले सम्बोधन गर्ने सभाको पुर्व सन्ध्यामा प्रचार प्रसार गर्दै कांग्रेसले बागलुङमा मोटरसाइकल  र्‍याली गरेको छ । बिहिबार दिउँसो कांग्रेस कार्यकर्ताले मोटरसाइकल र्‍याली गरेका हुन् ।

र्‍यालीमा बागलुङ क्षेत्र नं. १ का उमेदवार भीम श्रीषसहित पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरु, जिल्ला तहका कर्याकर्ता सहभागि थिए । उनीहरुले शान्तिपुर्ण रुपमा र्‍याली गर्दै पार्टीको नीति र कार्यक्रम तथा निर्वाचन प्रचारको सन्देश पनि सार्वजनिक गरेका हुन् ।

शुक्रबार पार्टी सभापति थापा बागलुङ आउँदै छन् । उनले विशेष महाधिवेसनको सन्देश दिने, निर्वाचनमा मत माग्ने र आम नागरिकको सुझाव पनि लिने गरी आउन लागेको पार्टी जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए । शुक्रबार विहान ११.३० बजे बागलुङ बजारमा सभा हुनेछ । सभाको पुर्ण तयारी भएको सचिव शर्माले बताए । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय