बलेवा समाज अमेरिका न्यूयोर्कको अध्यक्षमा शंकर पौडेल 

  • भदौ ३०, २०८२

बागलुङ- बागलुङको बलेवाबाट रोजगारी तथा विभिन्न शिलशिलामा अमेरिकाको न्यूर्योर्कमा बस्ने बलेवालीहरुको साझा संस्था बलेवा समाज अमेरिका, न्युयोर्कको  अध्यक्षमा शंकर पौडेल चयन भएका छन । समाजको तेस्रो अधिवेशनबाट पौडेल निर्विरोध अध्यक्ष पदमा चयन भएको हुन ।  

प्रकाश अधिकारीको संयोजकत्वमा न्युयोर्कको ज्याक्सन हाईट्स स्थित नेपाली भान्छा घरको हलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रविन्द्र जिसी, हरि रोका र महासचिवमा सन्तोष शर्मा चयन भएका हुन । त्यसैगरी समाजको सचिवमा कमल खत्री, कोषाध्यक्षमा हरि पाठक, सह कोषाध्यक्षमा दिलसिंह जिसी, कार्यक्रम संयोजक संतोष क्षेत्री, युवा संयोजक अशोक खड्का, रमहिला संयोजक ईश्वरी सुवेदी खत्री चयन भएको नवनिर्वाचित महासचिव सन्तोष शर्माले जानकारी दिए । समाजको सदस्यहरुमा अनिल रोका, निराजन खड्का, मनु जिसी, शिव गौतम, महेश जिसी, भुपिन क्षेत्री, सबिन्द्र केसी र रामु शर्मा सन्देश चयन भएका हुन । समाजले विभिन्न समाजिक क्षेत्रमा काम गर्दै आएको छ । 

प्रतिक्रिया