काँग्रेस कम्युनिष्टहरु एकै ठाउँमा हुन नदिन गठबन्धनमा गएको हो - पुर्णबहादुर खड्का

  • जेठ २९, २०७९

बागलुङ,- नेपाली काँग्रेसका उपसभापती पुर्णबहादुर खड्काले नेपालका कम्युनिष्ट पार्टीहरु एकै ठाउँमा हुन नदिनका लागि पाँच दलीय गठबन्धन गरिएको बताएका छन ।  नेपाली काँग्रेस बागलुङले आईतबार आयोजना गरेको कार्यकर्तासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले अहिलेको गठबन्धन प्रतिगमनको विरुद्ध र नेपालका कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा हुन नदिनका लागि गरिएको बताएका छन । काँग्रेसले कम्युनिष्ट पार्टी सँग सहकार्य नगरे उनिहरु एक हुँदा देशमा संविधानै धरापमा पार्ने भएको र नेकपा एमालेको हाबी बढ्ने हुँदा काँग्रेस माओबादी, जसपा, समाजबादी र राजमो सँग सहकार्य गरिएको  बताए । 
‘कम्युनिष्ट मिले भने काँग्रेसलाई सकाउने खेल खेल्छन । उनिहरु विच द्धन्द बनायौ भने काँग्रेसलाई नै फाईदा हुन्छ । हेर्नुस त स्थानिय तहको निर्वाचनले नै देखायो नि । खड्काले भने,–‘भर्खर सम्पन्न निर्वाचनमा गठबन्धन ग¥यौं हामीलाई नै फाईदा भयो । कहिलै नजित्ने वडा र पालिका पनि अहिले काँग्रेसको जनप्रतिनिधि छ । यो फाईदा त काँग्रेसले लियो नि हैन ? गठबन्धनको मर्म सबै नेता कार्यकर्ताले बुझनुपर्छ है ।’ गठबन्धन गरेकै कारण अहिले नेपाली काँग्रेस ०४९ सालपछि पहिलो पटक स्थानीय तहमा पहिलो पार्टी भएको पनि खड्काले दाबी गरे ।
उनले तत्कालिन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया खल्बल्याउने, संविधान ध्वस्त पार्ने, प्रतिगमन निम््तयाउने गतिविधि गरेका कारण पनि पाँच दलिय गठबन्धन गर्न सघाउ पुगेको जिकिर गरे ।
पुर्व गृहमन्त्री समेत रहेका खड्काले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादी लगायतका दलहरूसँग कायम रहने दाबी गर्दै पुर्व प्रधानमन्त्री स्व.सुशिल कोईरालाले बाचा गरेको संविधान संसोधनको प्रस्तावलाई बहुमतले परित गर्ने बताए । ‘गठबन्धनको बाध्यात्मक लोकतन्त्र विरोधीको अहमताको प्रबृतिको अन्त्यका लागि हो । हिजो काँग्रेस लगायत केही दलले संविधान संसोधनको प्रस्ताव ल्याएका थिए । नेकपा एमालेले यसलाई दिएन ।् खड्काले भने,–‘पुर्व प्रधानमन्त्री स्व. सुशिल काईरालाले देखेको सपना आम नेपाली जनताको सपना हो ।, त्यो पुरा गर्नेका निम्ती पनि गठबन्धनलाई कायम गरी बहुमतमा संविधान संसोधन गरी काँग्रेसले जिम्मेवारी पुरा गर्र्नुपर्ने छ । संसोधनका माध्ययमबाट सवैको साझा संविधान निर्माण हुनेछ । 
उनले संविधानमा जब सम्म प्रत्यक्ष निर्वाचन प्रणाली हुँदैन तब सम्म कुनै पनि राजनितिक दलको एक्लै बहुमत नआउने बताए ।  खड्काले नेपाली काँग्रेसका नेता तथा कार्यकर्तामा बिधिबिधानमा चल्न र अनुशासनमा बस्न सबैलाई आग्रह पनि गरेका थिए । उनले स्थानिय तहमा निर्वाचनमा घात गर्ने कुनै पनि नेता तथा कार्यकर्तालाई पार्टीले कारबाही गरेको र आउँदा दिनमा पनि गर्ने बताए । नेपाली काँग्रेस बागलुङले घरघरमा क्रियाशिल सदस्यता अभियान आईतबार देखी नै संचालन गर्दै छ । काँग्रेसले एक कार्यक्रमका बिच उक्त अभियानको घोषणा गर्ने काँग्रेस बागलुङ सभापती जित शेरचनले जानकारी दिए । 

प्रतिक्रिया