युवाहरुलाई आत्मनिर्भर बनाउन नेपाली खाना बनाउने तालिम 

  • चैत १८, २०८२

बागलुङ- युवाहरुलाई  आत्मनिभर र स्वरोजगार बनाउने उद्देश्यले बागलुङमा नेपाली खाना बनाउने तालिम संचालन गरिएको छ ।  एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा  १५ दिनसम्म संचालन गरिने छ ।
तालिमले युवाहरूमा उद्यमशीलताको भावना जगाउनुका साथै स्वदेशमै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने कार्यालयका प्रमुख शिव प्रसाद शर्माले बताए । 

तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले अब पोखरा, काटमाण्डौका होटलमा जस्तै यहाँका होटलमा पनि स्तरीय खाना बनाउने जनशक्ती बढाउनुपर्ने जोड दिए । उनले युवाहरुलाई आफ्नै ठाउँमा आत्नर्भिर र स्वराजगारका निम्ती नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

कार्यक्रममा होटल संघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले होटलहरु भवनले मात्र स्तरीय नभइ दक्ष जनशक्ती, उनीहरुले दिने सेवा लगायतले स्तरीय बन्ने भन्दै त्यसका लागि दिगो रुपमा बस्ने, काम गरिदिने जनशक्ती अभाव भएको बताए । एकीकृत सेवा कार्यालयले पहिलो पटक यस्तो तालिम राखेर युवालाई दक्ष बनाउन लागेकोमा उनले धन्यवाद समेत दिए । तालिममा २० जना युवाहरुको सहभागिता रहेको छ । कार्यालयले युवाहरुलाई नै लक्षित गरी व्यटिसियन तालिम पनि संचालन गरेको छ । 

कार्यालयले यो वर्ष विनियोजन गरेको ५ लाख रुपैयाँको बजेटबाट विभिन्न सीपमुलक कार्यक्रम संचालन गर्दैछ । त्यसबाट नेपाली खाना बनाउने तालिममा २० जना प्रशिक्षार्थीका लागि १ लाख ६२ हजार रुपैयाँ विनियोजन भएको शर्माले बताए ।  तालिमको सहजीकरण  इला कम्फर्ट र पर्व होटलका सेफहरुबाट हुने छ । उद्यमी बढाउने, स्वरोजगार मूलक तालिम संचालन गर्ने जस्ता क्रियाकलापले युवा पलायन पनि रोक्ने भएकोले नगरपालिका र होटल संघको अनुरोधमा कार्यालयले यो कार्यक्रम बनाएको थियो ।

 कार्यक्रम कार्यालयका प्रमुख शिव शर्माको अध्यक्षता, कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद शर्माको स्वागत र कम्प्युटर अधिकृत श्यामकुमार थापाको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया