पैयुँपाटालाई बालमैत्री वडा घोषणा

  • मङ्सिर ८, २०८१

बागलुङ- बागलुङ नगरपालिकाले वडा नम्बर १३ बलेवा पैयुपाटालाई शुक्रबार बालमैत्री वडा घोषणा गरिएको छ ।  आगामी पुस मसान्तभित्र नगरलाई नै बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको  नगरपालिकाले वडालाई बालमैत्री घोषणा गर्ने कार्यक्रम अन्तरगत बानपा–१३ पैयुपाटालाई नगरको तेस्रो बालमैत्री वडा घोषणा गरिएको छ । नगरपालिकाले वडा नं. –१४ नारायणस्थानलाई पहिलो बालमैत्री वडाको रुपमा बुधबार घोषणा गरेको थियो भने वडा नं. –४ लाई विहिबार दोस्रो बालमैत्री वडा घोषणा गरेको थियो । 
घोषणा सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभाका सदस्य जित शेरचनको   पछिल्लो समय स्थानीय सरकारले बालबालिकाको क्षेत्रमा लगानी बढाएको बताउदै फलस्वरुप बालमैत्री घोषणा भइरहेको जानकारी दिए । उनले बालबालिकाको हरेक अधिकारका क्षेत्रमा तिन तहकै सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । 
शेरचनले बालमैत्री सुशासन युक्त नगर घोषणा अन्तरगत वडाले सबै सुचक पुरा गरेकोमा धन्यवाद व्यक्त गरे।  उलने सयौ मानिसको उपस्थिले घोषणा गरिएको बालमैत्री अभियानलाई दीगोपना दिनुको पनि उत्तिकै दायित्व रहेको बताए । 
शेरचनले बाल संरक्षण, बाल विकास, बाल बचाउ जस्ता ५१ सूचक पुरा गरी वडालाई बालमैत्री घोषणा गरिएको घोषणा पत्रमा हस्ताक्षर गरेका थिए भने कार्यक्रममा कार्यवाह नगरप्रमुख राजु खड्काले वडा लाई नगरपालिकाको तर्फबाट कदर पत्र प्रदान गरेका थिए । 

May be an image of 2 people and text

कार्यक्रममा कार्यवहाक नगरप्रमुख राजु खड्काले बालमैत्री स्थानीय शासनमा नागरिकको उत्साह देखिएको बताए । उनले स्थानीयहरु सक्रिय भएमानै बालमैत्रीले दोगोपना लिने बताउदै बालमैत्री नगरपालिका निर्माणको अभियानले सार्थकता पाउन थालेको जानकारी दिए , 

बालमैत्री नगरपालिका बनाउन वडा तहबाट पाएको सकरात्मक उर्जाले नगरपालिकाले बालमैत्रीमा थप लगानी बढाउने प्रतिबद्धता जनाए ।  जिल्ला स्तरीय अनुगमन टोलीले वडामा पुगेर सबै सूचकबारे अध्ययन गरेपछि जिल्ला समन्वय समितिको अनुमतीमा वडालाई बालमैत्री घोषणा गरिएको बालमैत्री सहजकर्ता प्रतिक्षा गौतमले जानकारी दिईन । 
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बालमैत्री अभियानको विषयमा सहजीकरण गरेका थिए । उनले कार्यक्रममा जम्मा भएका नागरिक र विद्यार्थीलाई बालमैत्रीको विषयमा जानकारी गराएका थिए , 
बालबालिकाको दीगो विकासका लागि बालमैत्री स्थानीय शासन युक्त नगरपालिका बनाउन आवश्यक रहेको पोखरेलको भनाई थियो । 
कार्यक्रममा वडा अध्यक्ष नारायण शर्मा पौडेलले बालमैत्री अभियानको प्रगतिको विषयमा जानकारी गराएका थिए ।  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम,  बाल सञ्जालका अध्यक्ष पूर्णीमा शर्मा लगायतले मन्तव्य व्यक्त राखेका थिए ।

May be an image of 1 person, temple and crowd 

कार्यक्रम वडा अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता, त्रिभुबन माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.राम बहादुर केसीको स्वागत तथा शिक्षकद्वय विष्णु खड्का केसी र ठाकुर पौडेल सञ्चालनमा सम्पन्न भएको थियो । 
एक वर्षभरी वडाको सबै टोल, विद्यालय र समुदायमा पुगेर बालमैत्री अभियानको औचित्यबारे जानकारी गराएको, टोल टोलमै बाल क्लव गठन गरिएको, बालमैत्री पूर्वाधार निर्माण गरेको वडा अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ एवं स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्दिष्ट गरेको ५१ वटा सूचकमध्ये ३८ वटा सूचकमा शतप्रतिशत उपलब्धि र ६ वटा सूचकमा ९५ प्रतिशत उपलब्धि हासिल गर्नुपर्ने प्रावधान छ । यस्तै ६ वटा सूचकमा ८० प्रतिशत र एउटा सूचकमा ९० प्रतिशत नतिजा प्राप्त गरेमा बालमैत्री नगर घोषणा गर्न सकिन्छ ।

May be an image of 1 person, temple and text

May be an image of 4 people, temple and text

May be an image of 2 people, temple, dais and text

May be an image of 1 person and temple

प्रतिक्रिया