बागलुङ- विद्यार्थीको भविश्यसँग जोडिएका शिक्षकहरु राजनितिमा भन्दा पनि विद्यालयकै शैक्षिक विकासका लागि ध्यान दिनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन । बागलुङ नगरपालिका शिक्षा शाखाले आयोजना गरेको प्रध्यानध्यापकको नियमित बैठक तथा जनप्रतिनिधिको स्वागत कार्यक्रममा सहभागीले सो कुरा बताएका हुन । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बिद्यालयमा पढाउने शिक्षकले नाे हर्न जस्तै नाे राजनिति गरि समग्र शिक्षाकाे विकासमा लाग्न बागलुङ आग्रह गरेका छन् । श्रेष्ठले शिक्षा क्षेत्रको विकासको महत्वपुर्ण भुमिका भनेकै शिक्षकमा निहित हुने हुँदा पहिले प्राथमिकता विद्यालयलाई दिन आग्रह गरेका थिए । उनले बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने लक्ष्यमा पुग्न शिक्षा क्षेत्रले पुरा गर्नुपर्ने १२बुँदालाइ कार्यान्वयन गराउन आग्रह गरे ।
" बाल मैत्री नगर घाेषणा गर्ने ५१ बुँदा मध्ये १२ बुँदालाइ हटाएर अब ३९ बुँदामा हामि केन्द्रित हुन्छाै । १२ बुदा पुरा गर्न तपाइहरु लाग्नुस् ।"श्रेष्ठले भने । यसवर्ष' सिङ्गल ' बेन्च ,प्रविधी र शिक्षा विकासका लागि विविध कार्यक्रम अघि सारिने बताउदै शिक्षकहरुकाे सकरात्मक सल्लाह सुझाव आफूलाइ चाहिएकाे उनकाे भनाइ थियाे ।
वडा नं ११ का वडा अध्यक्ष तथा सामाजिक विकास शाखा संयाेजक ज्ञानेन्द्र गाैतमले प्रविधीयुक्त र वैज्ञानिक शिक्षाका लागि सबैले आफ्नाे ठाउँबाट भूमिका खेल्नुपर्ने बताए ।
सिगाना मावि तित्याङका प्रधानध्यापक गाेपाल कुमार शर्मा, जनताधन माविका प्रधानध्यापक कुमार पाैडेलले शिक्षा र विद्यालयका समस्या समाधानका लागि सुझाव मन्तव्य राखेका थिए ।
जिल्लामै उत्कृष्ट सामुदायिक विद्यालय गणेश माविका प्रधानध्यापक एकनाथ रिजालले विद्यालयकाे सफलताका लागि भए गरेका गतिबिधी बारे अनुभव सुनाएका थिए । कार्यक्रमकाे सहजीकरण नगर शिक्षा प्रमुख धन प्रसाद पाेखरेलले गरेका थिए ।