बागलुङ - बागलुङ नगरपालिकाको संयुक्त गठबन्धन निर्वाचन परिचालन समितिले गठबन्धन भित्रका साझा उम्मेदवारलाई विजयी गराउन आम मतदातालाई आग्रह गरेको छ ।
आउँदो शुक्रबार सम्पन्न हुने निर्वाचनमा संविधानको रक्षा लोकतन्त्रको संस्थागत विकास र समुन्नत बागलुङ नगर निर्माणको लागि गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुलाई विजयी गराउन एक विज्ञप्ती जारी गरी अपिल गरिएको छ ।
नेपाली काँग्रेस बागलुङ नगरपालिका सभापति उमाकान्त शर्मा बाबु, नेकपा माओबादी केन्द्रका बागलुङ नगर इन्चार्ज यज्ञबल्लब शर्मा, नेकपा एकिकृत समाजबादीका नगर संयोजक जीवन आचार्य र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष थानेश्वर सुवेदीले संयुक्त हस्ताक्षर गरी विज्ञप्ती मार्फत सवै मतदातालाई अपिल गरेका हुन ।
स्थानीय तहको निर्वाचनमा संयुक्त गठवन्धनका साझा उम्मेदवारहरुले बागलुुङ नगरपालिका भित्र पनि प्रतिस्पर्धामा भाग लिइरहेको कुरा यहा“हरुलाई विदितै छ, विज्ञप्तीमा भनिएको छ गठवन्धनका उम्मेदवारहरु निर्वाचन प्रचार प्रसार अभियानका क्रममा यहा“हरुको घर, टोल, वस्तीहरुमा यथाशक्य उपस्थित भइ यहा“हरुका भावना, समस्या र अपेक्षाहरुको विषयमा सम्वाद गरी आफना प्रतिवद्धताहरु समेत जनाइ सक्नु भएको छ । घरदैलो अभियानका क्रममा प्रत्यक्ष साक्षात्कार गर्न छुट्नु भएका आम नगरबासी समक्ष क्षमाशिल रह“दै आगामी दिनमा विभिन्न माध्यमबाट थप सम्वादमा रहन प्रतिवद्ध रहेको कुरा सविनय अनुरोध गर्दछौं ।
विज्ञप्तीमा गठवन्धनमा आवद्ध दलहरुका विचमा रहेका सामान्य असमझदारीहरुलाई सहमतिमा रुपान्तरण गरिसकिएको र कुनै पनि भ्रममा नपरी गठवन्धनका पक्षमा दृढताका साथ उभिंदै उत्साहपुर्वक आफनो मत जाहेर गरी साझा उम्मेदवारहरुलाई विजयी आम नगरबासीहरुमा आग्रह गरिएको छ ।
बागलुङ नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठ नगरप्रमुखका उम्मेदवार छन भने नेकपा माओबादी केन्द्रका राजु खड्का उपप्रमुखको उम्मेदवार रहेका छन । त्यसैगरी नगर भित्रका १४ वटा वडामा नेकपा एकिकृत समाजबादी, राष्ट्रिय जनमोर्चा र जनता समाजबादीका उम्मेदवारहरु रहेका छन ।