बागलुङ- सामाजिक क्षेत्रमा क्रियाशिल युवा राजु केसीको उपचारका लािग सहयोग संकलन अभियान संचालन गरिएको छ । बागलुङ नगरपालिका—२ का केसीको विगत दुई वर्ष देखी ब्रेन क्यान्सरको समस्या भै थप जटिल बन्दै गएपछि उपचारका लागि ठुलो रकम खर्च हुने हुँदा सहयोग संकलन अभियान संचालन गरिएको हो ।
हाल अष्ट्रेलियामा रहेका केसीको उपचारका लागि परिवारका सदस्यले यसअघि नै धेरै रकम खर्चेर गरिसकेका छन । राजुका बाबु रामबहादुर केसीका अनुसार परिवारले हाल सम्म झण्डै डेढ करोड रकम उपचारका लागि खर्च गरि सकेका छन । ‘छोराको उपचारका लागि मैले आफु सँग र आफन्त सँग भएको सवै रकम खर्च गरि सँके अझै धेरै रकम लाग्ने भन्ने कुरा आएका छ । राजुका बाबु रामबहादुरले भने,—मेरो छोराको जिवन रक्षाका लागि अब समाजलाई गुहारेको छु । तपाईकै छोरा, हो तपाईकै भाई हो उसको उपचारका लागि यहाँहरुको सहयोगको अपेक्षा गरेको छु । हिजो पनि सामाजिकै लागि क्रियाशिल रहेको छोरालाई आज समाजले नै जिवनरक्षा गर्ने अवस्था आएको छ । यो जिम्मा हजुरहरुलाई नै छ ।’ राजुकी पत्नी उषाले पनि आफ्नो श्रीमानका लागि सहयोगको याचना गरेकी छिन ।
केसीको उपचारका लागि बिहिबारको भेलाले जगदिशचन्द्र उपाध्यायको संयोजकत्वमा समाजसेवी, केवी रानामगर, धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय, समाजसेवी लक्ष्मी बास्कोटा र रुद्रबहादुर महत रहेको ५ सदस्यीय राजु केसी उपचार सहयोग समिति गठन गरेको छ । समितिले सबै क्षेत्रमा सहयोगको हात बढाउनेछ । केसी धौलागिरि बहुमुखी क्याम्पसमा अध्ययन गर्दा क्याम्पसको समग्र हितमा सक्रिय भएका थिए भने खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा रहेर काम गरेका थिए । उनी बागलुङमा रहेको साझेदारी सहकारी संस्थाको संस्थापक अध्यक्ष हुन भने, जेसीज, लायन्स सहित दर्जन बढि सामाजिक संस्थामा क्रियाशिल छन ।
उनले अहिलेसम्म आफ्नो र परिवारको लागि केही नमागी समाजका लागि काम गरेकोले उसलाई अप्ठ्यारो पर्दा सहयोगको काममा अगाडि बढेको समितिका संयोजक जगदिशचन्द्र उपाध्यायले बताए ।
समितिले खाता खोलेर क्युआर कोडमार्फत सहयोग जुटाउने तयारी गरेको छ । समिति गठनकै भेलामा उपाध्यायले ५० हजार नगद सहयोगको घोषणा गरे । त्यसपछि धेरैले सहयोगको नाम टिपाइसकेका छन् । यो सहयोगलाई केसीका बाबु रामबहादुर केसी सहितिको हस्ताक्षरमा खाता खोलेर विहिबार देखी नै सहयोगको अपिल गरिएको छ । अभियान संचालन भए सँगै विहिबार विभिन्न व्यक्तिबाट १ लाख ८५ हजार २२२ रुपैयाँ सहयोग रकम संकलन भएको छ ।
यो अभियानमा सहकारी अभियानकर्ता, उद्योगी व्यवसायी, राजनितिकर्मी, विभिन्न लायन्स क्लब, शिक्षक, विद्यार्थी, संघसंस्थाले पहल थालेका छन ।