बागलुङ -बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका– ९ दर्लिङमा लु ३ च ५५६९ नम्बरको पिकअप जिप दुर्घटना भएको हो । सोही गाउँपालिकाको भिमगिठे देखी खहरे तर्फ जाँदै गरेका जिप दुर्घटनामा परि दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक विजय यादवले जानकारी दिए ।
दुर्घटनामा मृत्यु हुनेमा निसीखोला गाउँपालिका – ७ चोलाङका ७५ बार्षिय खड्क बहादुर कुँवर र ढोरपाटन नगरपालिका–५ नाथुरेका ३५ बार्षिया जुना कंडेल रहेका छन । उनिहलाई उपचारका लागि लागि बुर्तिबाङ अस्पतालमा पु¥याएपछि अस्पतालले मृत्य घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते हुनेमा बडिगाड गाउँपालिका–९ का ६३ बार्षिया तेज कुमारी बुढा सोही स्थानका ५० बार्षिया निमसरा बुढा, ५२ बार्षिय यमकुमारी पौडेल, ३० बार्षिय सिता पौडेल, उनकी दुई छोरी ६ बार्षिया पुर्णिमा पौडेल र ३ वर्षिया अंशु पौडेल रहेका छन । घाईते मध्ये तेजकुमारीलाई थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा रेफर गरिएको प्रहरी नायब उपरिक्षक यादवले जानकारी दिए । जिपका चालक २३ बार्षिय हिमाल घर्ति मगर पनि सामान्य घाईते रहेका छन भने उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिप सडक देखी झण्डै ६० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाईतेको उद्धारका लागि ईलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी नायब निरिक्षक खगेश्वर अर्यालको नेतृत्वको कमाण्ड घटनास्थलमा पुगेको थियो । प्रहरीका अनुसार उकालो बाटोमा ब्रेक फेल भएर दुर्घटना हुन सक्ने प्रारम्भिक अनुमान रहेको छ । घाईते अन्यको बुर्तिबाङ अस्पतालमा उपचार भै रहेको प्रहरीले जनाएको छ ।
तश्विर सामाजिक सञ्जाल