बागलुङ- विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षाको क्षेत्रमा मार्गदर्शन प्रदान गर्ने उदेश्यले शैक्षिक परामर्श सेवामा क्रियाशील संस्था काठमाण्डौं इन्फोसी एजुकेशनल कन्सल्टेन्सी (केआइइसी)ले बागलुङमा शाखा कार्यालयको शुभारम्भ गरेको छ ।
शाखाको शुभारम्भ गर्दै संस्थाका केन्द्रिय प्रतिनिधि सुमन भण्डारीले केआइइसीले विगत १८ वर्षदेखि क्यानडा, अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, फ्रान्स, आयरल्यान्ड, युके, जर्मनी, न्यूजिल्यान्डलगायत देशहरूमा विद्यार्थीहरू पठाउँदै आएको र बागलुङबाट पनि गुणस्तरीय सेवा प्रदान गर्ने बताए ।
बागलुङका विद्यार्थीहरूका लागि केआइइसीले अवसरको ढोका खोल्ने विश्वास व्यक्त गर्दै भण्डारीले विदेश अध्ययनको सपना देख्ने विद्यार्थीहरूका लागि अब राजधानी जानु पर्ने बाध्यताको अन्त्य भएको बताए ।
कार्यक्रम सन्तोष पौडेलको अध्यक्षता, प्रिया बोहोराको स्वागत र संचालन सञ्चारकर्मी कृष्ण संयोगले गरेका थिए । केआइइसीले क्यानडा, अमेरिका, अष्ट्रेलिया, फ्रान्स, आयरल्यान्ड, बेलायत, जर्मनी, जापान, दक्षिण कोरिया, न्यूजिल्यान्ड लगायत अन्य मुलुकहरूमा अध्ययनको लागि इच्छुक विद्यार्थीहरूलाई आवश्यक परामर्श सेवा, भिषा प्रक्रिया, अभिमुखीकरण कार्यक्रम गर्ने जनाईएको छ ।