“लुतो कहिल्यै निको हुन्न जति धेरै कन्याए पनि
न त ब्यवहार फरक हुन्छ गाईलाई गधा बनाए पनि
निष्ठा बिनाको राजनीति र चरित्र बिनाको शिक्षाजस्तै,
वालुवामा पानी हुन्छ जति धेरै खन्याए पनि
शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशद्वारा संचालित प्रधानाध्यापकहरूको नेतृत्व क्षमता विकास तालिमको आईतबार सम्पन्न भएको छ ।
शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि नेतृत्वलाई समयानुकूल तालिम उपलब्ध गराउँदै आइरहेको शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशले प्रदेश भित्रका प्रधानाध्यापकहरूलाई कोरोना कहर पछि प्रत्यक्ष सहभागितामा तालिम शुरू गर्न थालेको हो ।
१० दिन सम्म संन्चालन भएको तालिममा शैक्षिक उपलब्धी वृद्धि गर्ने , प्रशासनिक कार्यलाइ थप व्यवस्थित गर्ने , शैक्षिक नीति नियम, विद्यालय स्रोत पहिचान तथा व्यवस्थापन , सूचना प्रविधिको प्रयोग , आध्यात्मिक दर्शन लगायतका विभिन्न विषयमा प्रशिक्षित गरिएको थियो ।
समापन कार्यक्रममा सहभागिका तर्फबाट पहिलो चरणबाट रेणुका भट्टराई , दोस्रो चरणबाट कुमार पौडेलले तालिम प्रभावकारी रहेको र तालिमबाट सिकेका पक्षहरूलाइ विद्यालयमा प्रयोग गर्न आतुर रहेको बताए । यस्तै गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाटले तालिमको बेला सहभागिहरूले प्रशिक्षकले भनेको कुरा जस्ताको तस्तै प्रयोग गर्नु पर्छ भन्ने छैन , अवस्था अनुकुलको प्रयोग गर्न सक्नु नै ठूलो कुरा हो । सिकेका विषयबस्तुहरू समय र अवस्थालाई मध्यनजर गर्दै व्यवहारमा उतार्न सक्नु नै व्यवहार कुशल सिप हो । जुन सिपको प्रयोग तालिम पश्चात सहभागि साथिहरूले गर्नुहुने कुरामा शिक्षा तालिम केन्द्र विश्वस्त रहेको बताउनुभयो यस्तै तालिममा समावेश गरिएका बिषयवस्तुहरू पाठ्यक्रममा तोकिएको अनुसार हुने भएकोले सहभागिका केही विषय नसमेटिएको हुन सक्छ जुन आगामी दिनमा आवश्यकता अनुसार समावेश गरिने कुरा राख्दै ,अबका विद्यालयहरू प्रविधिमैत्री हुनुपर्ने भएकोले यो वर्ष १,००० शिक्षकलाई सम्बन्धि तालिम उपलब्ध गराउने लक्ष्य भएकोले अब शिक्षकहरू पाठ्यक्रम , पाठ्यपुस्तक नभएपनि शिक्षण सिकाइ कार्यमा लाग्न सक्ने क्षमता विकास गर्नुको विकल्प नभएको बताए ।
२०७८र०७र०५ देखि १० दिन सम्म संन्चालन भएको माध्यमिक तह अन्तर्गत पहिलो चरणमा २५ जना , दोस्रो चरणमा २३ जना सहभागि रहेको कार्यक्रम शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका तालिम प्रमुख नेपालहरि रानाभाटको अध्यक्षता र शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशको विस्तारित शाखाका प्रशिक्षक रूद्रमणि पौडेलको संन्चालनमा सम्पन्न भएको थियो ।