ढोरपाटन नगरपालिका कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

  • जेठ १८, २०७९

बागलुङ- ढोरपाटन नगरपालिकाको कार्यपालिका सदस्यमा पाँच दलिय गठवन्धनका उमेद्वार विजयी भएका छन । बुधबार भएको कार्यपालिका सदस्यको निर्वाचनमा दलीत वा अल्पसख्यकबाट खुल्ला पदमा गठवन्धनको तर्फदेखि नेपाली काँग्रेसका नविन शेरचन, राजमोबाट कुल बहादुर छन्त्याल र माओबादी केन्द्रबाट दिलिप विश्वकर्मा विजयी भएका हुन ।  
शेरचनको २६, छन्त्यालको २५ र विश्वकर्मा २६ मत प्राप्त गर्दे विजयी भएका हुन । उनका प्रतिद्धन्दी नेकपा एमालेका ज्ञान बहादुर वि.क.को २०, सुरज विश्वकर्मा १९ र धनिमला वि.क.को १९ मत प्राप्त भएको थियो । त्यसैगरी स्वतन्त्र उमेद्वारी दिएका केशर छन्त्याल र दोर्ण छन्त्यालले १ मत पनी ल्याएका छैनन ।  महिला सदस्य तर्फ गठवन्धनका पाँच जना नै उमेद्वार विजयी भएका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । 
जसमा नेपाली काँग्रेसका तुलसरी वि.क., निम कुमारी भण्डारी , राजमोका विमला महत र खगिसरा कायत, माओबादी केन्द्रबाट इन्द्रकुमारी सिर्पाली विजयी भएका हुन ।  ढोरपाटन नगरपालिकामा नेकपा एमाले र विद्रोही जनमोर्चाको २० र सँयूक्त गठवन्धनको ३० सदस्य रहने छन । नगरपालिकामा नगरप्रमुख नेकपा एमालेको भए पनि कार्यपालिकामा बहुमत संयुक्त गठबन्धनको पुगेको छ । नगरपालिकामा नगरप्रमुखमा एमालेका देवकुमार नेपाली र उपप्रमुखमा काँग्रेसका धनबहादुर कायत कल्याणले जितेका थिए । नेकपा एमालेले जिल्लामै यही स्थानिय तह प्रमुख मात्र जितेको हो । 
 

प्रतिक्रिया