दब्ल्याङको पहिरोले अवरुद्ध करिडोर खुल्यो

  • असार २७, २०८१

बागलुङ - गत शुक्रबार देखी पहिरोका कारण अवरुद्ध बनेको कालिगण्डकी करिडोड बुधबार साँझ देखी संचालनमा आएको छ । बागलुङ नगरपालिका—१० दब्ल्याङको पहिरोका कारण कालिगण्डकी करिडोर सँगै दक्षिण बागलुङ जोड्ने मालढुंगा बलेवा कुश्मिसेरा सडक खण्डक पनि अवरोध भएको थियो । अवरुद्ध सडक एक तर्फि रुपमा संचालन भएको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए । 
पहिरोले सडक अवरुद्ध भए सँगै दक्षिण बागलुङका सिधा यातायात टुटेको थियो । करिडोरको ट्र्याक नै बगाएको थियो । पहिरोले बगाएको खण्डमा झण्डै ५० मिटर तलदेखी ग्याविन जाली चिनेर एक तर्फि रुपमा सडक संचालन गरिएको छ । करिडोर कालोपत्रेको काम गरिरहेको बिडारी निर्माण सेवाको सवै जनशक्ति प्रयोग गरी तत्कालका लागि एक तर्फिरुपमा सडक संचालन गरिएको उपप्रमुख शर्माले बताए । 
पहिरोका कारण सडक अवरुद्ध हुँदा दक्षिण बागलुङका जनताले सास्ती खेप्नुपरेको थियो । दक्षिण बागलुङका नागरिक पर्वतको कुश्मा हुँदै सदरमुकाम आउनेपर्ने बाध्यता रहेको थियो भने यातायातका साधनहरु भकुण्डे हुँदै बागलुङ बजार आउनुपर्ने बाध्यता थियो । पहिरोकै कारण दुघ ढुवारीमा समस्या परेको थियो । 
बागलुङ बजारबाट झण्डै पाँच किलोमिटरको दुरीमा रहेको दव्ल्याङमा तीन वर्षअघि खसेको पहिरोले हरेक वर्षा याममा दुःख दिने गरेको छ । पहिरोका कारण बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी र बरेङकाका आम नागरिकलाई सास्ती खेप्नुपरेको छ । 

प्रतिक्रिया