धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको कार्यालयमा तालाबन्दी

  • फाल्गुण २६, २०७९

बागलुङ- स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा निर्वाचनको वातावरण विथोलिएको र फर्जि परिचयपत्र भेटिएको भनी धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको कार्यालयमा तालाबन्दी गरिएको छ ।

एक जना सहायक क्याम्पस प्रमुखको हस्ताक्षर हुने गरी परिपत्रपत्र जारी गर्न अनेरास्ववियुका धवलागिरि बुहुमुखी क्याम्पसका इकाइ अध्यक्ष अनिल शर्मा, अखिल क्रान्तिकारीका धवलागिरि बुहुमुखी क्याम्पसको इकाइ अध्यक्ष खिमानन्द कँडेल विकास, अखिल क्रान्तिकारी बहुमत का धवलागिरि बहुमुखी क्याम्पसका इकाइ अध्यक्ष दिवश खड्का, अखिल क्रान्तिकारीका धवलागिरि बहुमुखी क्याम्पस इकाइ अध्यक्ष सुदन विक विप्लव र अखिल संयुक्त प्यानलका प्रविण सापकोटाले एक वक्तव्य मार्फत माग गरेका छन् । नेपाल विद्यार्थी संघ बाहेक अन्य विद्यार्थी संगठनले तालाबन्दी गरेको एक विद्यार्थीले जानकारी दिए । 

स्ववियु निर्वाचन घोषणापछि क्याम्पस प्रशासनले भर्ना गरेका नयाँ विद्यार्थीहरुको विषयमा छानविन गर्न पनि माग गरेका छन् । क्याम्पसका कतिपय प्राध्यापक र कर्मचारीहरुले निर्वाचनलाई प्रभाव पार्ने गरी अवांछित गतिविधिहरुमा संग्लन्न भएको वक्तव्यमा उल्लेख छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निष्पक्ष र शान्तिपुर्ण ढंगले सम्पन्न गर्नको लागि क्याम्पस प्रशासनले फर्जि परिचयपत्रको छानविन गरी असंम्बन्धित विद्यार्थीहरुलाई मतदाता सुचिबाट हटाउनु पर्ने र क्याम्पस प्रशासनले निर्वाचन प्रयोजन लागि सहायक क्याम्पस प्रमुखको एकल हस्ताक्षर भएको अस्थायी परिचयपत्र जारी गर्नु पर्ने विद्यार्थी नेताहरुले बताए ।  क्याम्पसमा निर्वाचन नजिकिँदै गर्दा नेविसंघको संगठन राम्रो भएको र निर्वाचनमा जाँदा आफुहरु हार्ने सम्भावना रहेका कारण निर्वाचन विथोल्ने काम भएको नेविसंघका एक नेताले बताए । 

प्रतिक्रिया