बागलुङ - ठूला ठूला आयोजना संचालन गर्दा साना आयोजनामा असरपरेको नागरिकले गुनासो गरेका छन । स्थानीयले आफ्नो दैनिकी सँग जोडिएका काममा समेत ठूला आयोजनाको असर परेको गुनासो गरे ।
नेपाल पत्रकार महासंघ, बागलुङको सहजीकरणमा बागलुङ नगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चार महिनाको काम बारे वडा नंं ७ को कालीमाटीमा गरेको सार्वजनिक सुनुवाईको क्रममा स्थानीयले भने सडक बनाउँदा खानेपानीका पाइप र ट्यांकी फुटेको, धुलो र धुँवाले समस्या आएको जस्ता गुनासो गरेका छन् ।
करोडौं मूल्यको आयोजनाहरु संचालन गर्दा आइपर्ने समस्या बारे बेलैमा सोच्न उनीहरुले नगरपालिका, निर्माण कंपनी र वडा कार्यालयको पनि धयानाकर्षण गरेका हुन् । वडा भित्र कालोपत्रे सडक आयो भन्दैमा कतिपय बस्तीहरु गोरेटोबाटो बाटा पनि नजोडिने दुःखत बिषय भएको पनि टिप्पणी गरेका छन् ।
कार्यक्रममा स्थानीय तुलबहादुर कार्कीले वडा नंं ७ मा दुइवटा कालोपत्रे सडक जोडिएरपनि कुनै बस्तीमा लास निकाल्ने बाटो समेत नभएको गुनासो गरे । उनले गोरेटो भएपनि स्तरीय बनाइदिनुपर्ने भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । स्थानीय सरिता केसीले भालुमारे देखि बाटुलेको सडक जोखिमयुक्त बनाएर छाडिएकोमा दुखेसो पोखिन । ‘भोट माग्दा गरेका प्रतिवद्दता वडा कार्यालयले पुरा त गरेन, वास्ता पनि गर्न छाडेको छ’ केसीले भनिन्,‘कि नगरबाट हटाइदेउ, की नगरपालिकाले सडक बनाइदेउ ।’ उनले गाउँमा राम्रो स्टेचर समेत नभएकोले प्रसुती व्यथा लागेका देखि अन्य बिरामीलाई अझैपनि सहज रुपमा स्वास्थ्य संस्था लैजान नसकिएको गुनासो गरिन् ।
बालक्लब नगर संजालकी उपाध्यक्ष समीक्षा कार्कीले हतारमा गरिएको बालमैत्रीको दिगो पना बारे प्रश्न गरिन् । ‘हाम्रो बिद्यालयमा खेल मैदान बनेकै छैन, कसरी बालमैत्री भन्ने रु’ उनले भनिन्, ‘दिगो पनकोलागि के गरिंदैछ रु’ स्थानीयले वडा नंं ७ मा दुइ वटा मुख्य सडक बनेको, वडा कार्यालय बनेको र स्वास्थ्य चौकी बनेको महत्वपूर्ण बिकास भएपनि ती बिकास गर्दा स्थानीयलाई परेको असर बारे सुनुवाइ नभएको बताएका हुन् । पछिल्लो समय मुलपानी, कालीमाटी तितौरे सडकले सिंगो बस्तीमा धुलोले सताएको गुनासो छ । ठेकेदार पक्षले धुलो मार्ने काम नगरेको समेत उनीहरुको टिप्पणी छ ।
कार्यक्रममा उठेका प्रश्नबारे नगर प्रमुख बसन्तकुमार श्रेष्ठले दिगो बिकासकालागि पूर्वाधार देखि सामाजिक क्षेत्रमा काम भैरहेको बताए । बालमैत्री अभियनले दुइ बर्षमा दुइसयबढी कार्यक्रम मार्फत आन नागरिकलाई सचेत बनाएको बताए । ‘यो अभियानले बालबालिकालाईपनि प्रश्न गर्न सक्ने बनाएको छ’ श्रेष्ठले भने, ‘जवसम्म सबै नागरिकले आफ्नो अधिकार बारे प्रश्न गर्छन्, तब हामीले गरेको कामको उपलब्धी भयो भन्ने दिन आउनेछ ।’ लोकतन्त्रमा सबैले बोल्न र प्रश्न गर्न पाउने अधिकार भएर पनि उनीहरुको क्षमता समेत बिकास हुनुपर्छ भन्ने मान्यता राखेको उनले बताए ।
बालमैत्री नगरको क्रममा केही बिद्यालयमा खेल मैदान अभाव भएपनि भित्री कोठामा भएपनि बालबालिकाकालागि खेल सामाग्री राखेर रमाउने वातावरण बनाउन लागेको श्रेष्ठले जानकारी दिए । चालुबर्ष २० वटा बिद्यालयमा त्यस्ता सामाग्री दिन लागेको बताए । साथै उनले शुद्द खानेपनीको व्यवस्थापन, बालमैत्री भवन र वातावरण बनाउने काम पनि भैरहेको भन्दै तोकिएको समयमा सबै वडा घोषणा भएकोले अब माघ ९ गते मात्र नगरको घोषणा सभा राख्ने जानकारी गराए ।
कार्यक्रममा वडा अध्यक्ष मेघराज गैरेले सडकले भत्केका ट्यांकी निर्माणका लागि पहल भएको बताए । साथै सडकमा उडेको धुलो नियन्त्रणका लागि ठेकेदार कंपनी फेवा आषिस निर्मााण् कंपनीलाई आग्रह गरिसकिएको जानकारी दिए । वडाका सबै नागरिकको अपनत्व हुनेगरी स्वास्थ्यचौकी, वडा कार्यालय र मुख्य सडक निर्माण भएको बताए । विश्वबैंकको सहयोगमा यहाँ झण्डै ४० करोडको सडक आयोजना निर्माणाधिन छ । ठेकेदार रवि कार्कीले असार मसान्त भित्र सडक कालोपत्रे गरिसक्ने लक्ष्य सुनाए ।
कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद खनाल चालु आर्थिक वर्षको हाल सम्मको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षता, नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालको संचालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष राम थापा अविरलले टिप्पणी गरेका थिए । कार्यक्रममा उपाध्यक्ष सुवास आचार्यले नागरिक सन्तुष्टी सर्भेक्षण प्रस्तुत गरे भने सहसचिव डम्बर बुढाले आचारसंहिता प्रस्तुती गरेका थिए ।