बागलुङ-गण्डकी प्रदेश सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले सबै नागरिकको पहुँचमा सहज स्वास्थ्य सेवा पु¥याउनको लागि गण्डकी प्रदेश सरकार लागेको बताएकी छिन् । बागलुङमा प्रेस सेन्टर बागलुङले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अधिकारीले नागरिकसंग प्रत्यक्ष जोडिने गरी नीति कार्यक्रम ल्याएको र त्यसलाई कार्यान्वयन गर्नेगरी बजेट ल्याएको दाबी गरिन् । ‘सबै नागरिकको पहुँचमा सहज स्वास्थ्य सेवा पु¥याउनको लागि गण्डकी प्रदेश सरकार सक्रिय छ,’ उनले भनिन्,‘अहिले हामीले आम नागरिकसंग प्रत्यक्ष जोडिनेगरी नीति कार्यक्रम बनाएका छौं र त्यसको कार्यान्वयन गर्नेगरी बजेट आएको छ ।’
उनले विगत तीन वर्षमा नबनेको स्वास्थ्य नीति आफु सरकारमा आएपछि बनाउन सफल भएको समेत बताईन् । ‘हामीले स्वास्थ्य नीति बनाएर त्यही अनुसारको योजना र कार्यक्रम बजेटमा ल्याएका छौं,’ उनले भनिन् । सहिद परिवार, वेपत्ता परिवार, घाईते, अपाङ्ग र डाईलोसिस गर्ने मृगौला रोगीहरुको सरकारले निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था गरेको बताईन् । ‘घाईते, सहिद परिवार, वेपत्ता परिवार अपाङ्ग र नियमित डाईलोसिस गर्नुपर्ने मृगौला पीडितहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने गरी कार्यक्रम ल्याएका छौं,’ उनले भनिन्,‘कार्यान्वयनमा केही समस्या हुनसक्छ त्यसलाई सबैले सहजीकरण गरेर अगाडि बढ्नुपर्छ ।’
उनले सरकारी अस्पतालमा ‘घाईते, सहिद परिवार, वेपत्ता परिवार अपाङ्गहरुको निःशुल्क उपचार गर्ने व्यवस्थापन पनि प्रदेश सरकारले मिलाएको बताईन् । उनले १६ वर्ष मुनिका बालबालिका र महिलाका जुनसुकै प्रकारका क्यान्सरको पनि निःशुल्क उपचार गर्नेगरी व्यवस्थापन मिलाईएको उनको भनाई थियो । उनले नेपालमै पहिलो पटक गण्डकी प्रदेशले रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउनेगरी काम गरेको भन्दै उनले प्रदेशसंग बा–आमा कार्यक्रम मार्फत ज्येष्ठ नागरिकलाई पनि निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउने कार्यक्रम अगाडि बढेको उनले बताईन् ।
उनले पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिानसंगको सहकार्यमा मृगौला प्रत्यारोपण पोखरामै गर्ने र कलेजो, मुटु र क्यान्सरको उपचार केन्द्र स्थापना गर्ने तयारीमा प्रदेश सरकार रहेको बताईन् । अहिले संघीय सरकारले दरबन्दी अनुसार स्वास्थ्यकर्मी तथा डाक्टर भर्ना नगरेको र प्रदेश सरकारले भर्ना गर्ने अधिकार नभएका कारण करारमा डाक्टर र स्वास्थ्यकर्मी भर्ना गरेर स्वास्थ्य सेवा सहज र सर्वसुलभ बनाउने प्रयास गरिरहेको उनले बताईन् । उनले धौलागिरि अस्पतालमै धेरै स्वास्थ्य सेवा र पूर्वाधारहरु थपिएको र आउँदो आर्थिक वर्षदेखि सिटी स्क्यान सेवा सुरु हुने बताईन् । प्रेस सेन्टर बागलुङका उपाध्यक्ष सज्जन कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अनिष खातीले गरेका थिए ।