एमाले टुंगायो बागलुङका ५ सहित गण्डकीका २९ पालिकाका उम्मेदवार

  • ब‌ैशाख १०, २०७९

पोखरा – नेकपा एमाले गण्डकी प्रदेश कमिटीले बागलुङका ५ सहित ११ जिल्लाका २९ पालिकाका उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ । पालिकाहरुबाट सर्वसम्मत रुप आएका र केही पालिकाहरुको छनोटको आधारमा उम्मेदवारहरुको अन्तिम टुंगो लगाइएको एमालेले जनाएको छ । शुक्रवार राती अवेरसम्म वसेको सचिवालय वैठकले ती नामहरुमा अन्तिम निणर्य गरेको हो ।

तल्लो तहका कमिटीबाट सर्वसम्मत रुपमा सिफारिश आएका ११ जिल्लाका २९ पालिकाका उम्मेदवारलाई टुंगो लगाएको उपसचिव तथा प्रचार विभाग प्रमुख रश्मी आचार्यले वताए ।

एमाले गण्डकीले मुस्ताङ जिल्लाका सवै पालिकाका प्रमुख र उपप्रमुखको निर्णय गरेको छ । बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका अध्यक्षमा रिञ्जिङ गुरुङ र उपाध्यक्षमा दिकी गुरुङ, लो घ्यागर गाउँपालिकाको अध्यक्षमा लोप्साङ छेप्पेल विष्ट राजु र उपाध्यक्षमा छिरिङ ल्ह्यामो गुरुङ, लोमाङन्थाङ गाउँपालिका अध्यक्षमा टसीनुर्वु गुरुङ र उपाध्यक्षमा छिमि विष्ट गुरुङ, थासाङ गाउँपालिका अध्यक्षमा प्रदीप गौचन र उपाध्यक्षमा सुमिता शेर्पा, घरपजोङ गाउँपालिका अध्यक्षमा सञ्जय कुमार थकाली रउपाध्यक्षमा मिम कुमारी शेरचन रहेका छन् ।

मनाङ जिल्लाको मनाङ निस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घले र उपाध्यक्षमा छिरिङ धावा गुरुङ, चामे गाउँपालिका अध्यक्षमा लोकेन्द्र घले र उपाध्यक्ष आशकुमारी गुरुङ, नासों गाउँपालिका अध्यक्ष मन बहादुर गुरुङ र उपाध्यक्ष अर्विन गुरुङ (स्वतन्त्र), नार्पाभूमि गाउँपालिका अध्यक्ष ज्याप्ले गुरुङ र उपाध्यक्षमा भेग मिलाउनु पर्ने भएकाले छलफल जारी रहेको प्रचार विभाग प्रमुख आचार्यले बताए ।

लमजुङ जिल्लाको क्वोंलासोंथर गाउँपालिका अध्यक्षमा सूर्यप्रसाद गुरुङलाई उम्मेदवार बनाउने प्रदेश कमिटीले निणर्य गरेको छ । उपाध्क्षयमा छलफल भैइरहेकोले टुंगो लगाउन बाँकी छ ।

गोरखा जिल्लाको अजिरकोट गाउँपालिका अध्यक्षमा शेखरनाथ न्यौपाने, चुमनुब्री गाउँपालिका अध्यक्षमा सुक बहादुर गुरुङ र उपाध्यक्षमा सानु गुरुङ, स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका अध्यक्षमा विश्व पौडेल र उपाध्यक्षमा सीता थापा, वालिङ नगरपालिका प्रमुखमा कृष्ण बहादुर खाँड र उपप्रमुखमा खगीसरा थापा मगर, हरिनास गाउँपालिका अध्यक्षमा खिमनारायण मानन्धरलाई उम्मेदवार बनाउने एमाले गण्डकीले निर्णय गरेको छ ।

तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका अध्यक्षमा ऋषि केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

कास्की जिल्लाको रुपा गाउँपालिका अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङलाई एमालेले टुंगो लगाएको छ ।

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा भरत कुमार पुन र उपाध्यक्ष दिवाकुमारी तिलिजा, रघुगंगा गाउँपालिका अध्यक्षमा प्रेम बहादुर कार्की र उपाध्यक्ष यामकुमारी गर्बुजा, मालिका गाउँपालिका अध्यक्षमा वेगप्रसाद गर्बुजा र मंगला गाउपालिका अध्यक्षमा सतप्रसाद रोकालाई निर्णय गरेको छ ।

नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका अध्यक्षमा चेतन राना र उपाध्यक्षमा मनी पाण्डे, मध्यबिन्दु नगरपालिका प्रमुखमा भिमलाल अधिकारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

पर्वत जिल्लाको पैयुँ गाउँपालिका अध्यक्षमा महेन्द्र श्रेष्ठ र उपाध्यक्षमा यमकुमारी रानाको टुंगो लागेको छ ।

बागलुङ जिल्लाको तमानखोला गाउँपालिका अध्यक्षमा देवेन्द्र छन्त्याल र उपाध्यक्षमा टेकमति बिक, ढोरपाटन नगरपालिका प्रमुखमा देव कुमार नेपाली, ताराखोला गाउँपालिका अध्यक्षमा ऋषिराम रोका र उपाध्यक्षमा थममाया घर्ती, गलकोट नगरपालिका प्रमुखमा पूर्ण काउचा र उपप्रमुख रुपा बिक, जैमिनि नगरपालिका प्रमुखमा लिला राना र उपाध्यक्षमा यमुना शर्मालाई उम्मेदवार वनाउने निणर्य गरेको छ ।

बाँकी पालिकाहरुको प्रमुख र उप्रमुखका बिषयमा छलफल जारी रहेको एमाले गण्डकीका सचिव धनन्जय दवाडीले वताए । शनिवार बेलुका र आईतवार विहानसम्म गण्डकीका ८५ वटै पालिकाको निर्णय भइसक्ने सचिव दवाडीले जानकारी दिए ।

निर्णय भएका पालिकाका उम्मेदवारहरुको अन्तिम नामावलीः

१, मुस्ताङ जिल्ला

क, बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका

अध्यक्ष: रिञ्जिङ गुरुङ

उपाध्यक्ष: दिकी गुरुङ

ख, लो घ्यागर गाउँपालिका

अध्यक्ष: लोप्साङ छेप्पेल विष्ट राजु

उपाध्यक्ष: छिरिङ ल्ह्यामो गुरुङ

ग, लोमाङन्थाङ गाउँपालिका

अध्यक्ष: टसीनुर्वु गुरुङ

उपाध्यक्ष: छिमि विष्ट गुरुङ

घ, थासाङ गाउँपालिका

अध्यक्ष: प्रदीप गौचन

उपाध्यक्ष: सुमिता शेर्पा

ङ, घरपजोङ गाउँपालिका

अध्यक्ष: सञ्जय कुमार थकाली

उपाध्यक्ष: मिम कुमारी शेरचन

२, मनाङ जिल्ला

क, मनाङ निस्याङ गाउँपालिका

अध्यक्ष: कान्छा घले

उपाध्यक्ष: छिरिङ धावा गुरुङ

ख, चामे गाउँपालिका

अध्यक्ष: लोकेन्द्र घले

उपाध्यक्ष: आशकुमारी गुरुङ

ग, नासों गाउँपालिका

अध्यक्ष: मन बहादुर गुरुङ

उपाध्यक्ष: अर्विन गुरुङ स्वतन्त्र

घ, नार्पाभूमि गाउँपालिका

अध्यक्ष : ज्याप्ले गुरुङ

उपाध्यक्ष: भेग मिलाउनु पर्ने भएकाले छलफल

३, लमजुङ जिल्ला

क, क्वोंलासोंथर गाउँपालिका

अध्यक्ष: सूर्यप्रसाद गुरुङ

४, गोरखा जिल्ला

क,अजिरकोट गाउँपालिका

अध्यक्ष: शेखरनाथ न्यौपाने

ख, चुमनुब्री गाउँपालिका

अध्यक्ष: सुक बहादुर गुरुङ

उपाध्यक्ष: सानु गुरुङ

५, स्याङ्जा जिल्ला

क,आँधिखोला गाउँपालिका

अध्यक्ष: विश्व पौडेल

उपाध्यक्ष: सीता थापा

ख, वालिङ नगरपालिका

प्रमुख: कृष्ण बहादुर खाँड

उपप्रमुख: खगीसरा थापा मगर

ग, हरिनास गाउँपालिका

अध्यक्ष: खिमनारायण मानन्धर

६, तनहुँ जिल्ला

क, आँबु गाउँपालिका

अध्यक्ष ऋषि केसी

७, कास्की जिल्ला

क, रुपा गाउँपालिका

अध्यक्ष: नवराज ओझा

उपाध्यक्ष: लालसुब्बा गुरुङ

८, म्याग्दी जिल्ला

क, अन्नपूर्ण गाउँपालिका

अध्यक्ष: भरत कुमार पुन

उपाध्यक्ष: दिवाकुमारी तिलिजा

ख, रघु गंगा गाउँपालिका

अध्यक्ष: प्रेम बहादुर कार्की

उपाध्यक्ष: यामकुमारी गर्बुजा

ग, मालिका गाउँपालिका

अध्यक्ष: वेगप्रसाद गर्बुजा

घ,मंगला गाउँपालिका

अध्यक्ष: सतप्रसाद रोका

९, नवलपुर जिल्ला

क, हुप्सेकोट गाउँपालिका

अध्यक्ष: चेतन राना

उपाध्यक्ष: मनी पाण्डे

ख, मध्यबिन्दु नगरपालिका

प्रमुख: भिमलाल अधिकारी

१०, पर्वत जिल्ला

क, पैयुँ गाउँपालिका

अध्यक्ष: महेन्द्र श्रेष्ठ

उपाध्यक्ष: यमकुमारी राना

११, बागलुङ जिल्ला

क, तमानखोला गाउँपालिका

अध्यक्ष: देवेन्द्र छन्त्याल

उपाध्यक्ष: टेकमति बिक

ख, ढोरपाटन नगरपालिका

प्रमुख: देव कुमार नेपाली

ग, ताराखोला गाउँपालिका

अध्यक्ष: ऋषिराम रोका

उपाध्यक्ष: थममाया घर्ती

घ,गलकोट नगरपालिका

प्रमुख: पूर्ण काउछा

उपप्रमुख: रुपा बिक

ङ, जैमिनि नगरपालिका

अध्यक्ष: लिला राना

उपाध्यक्ष: यमुना शर्मा

प्रतिक्रिया