कोभिड–१९ संक्रमण पुष्टि भएर होम आइशोलेनमा बसेका कर्मचारी नै भागेका छन । जिल्लाको बरेङ गाउँपालिकामा कार्यरत अधिकृत स्तरका २६ बर्षिय पुरुष कर्मचारी होम आईशोलेशन बस्न छोडेर बागलुङ सदरमुकाम आईपुगेका हुन् । गत शनिबार एन्टिजिन बिधिद्वारा गरिएको परीक्षणमा कोभिड–१९ बाट संक्रमण पुष्टि भएका उनि काठमाण्डौ परिक्षा दिने भनेर बरेङ गाउँपालिकाबाट सदरमुकाम आएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पदम पुनले जानकारी दिए ।
संक्रमित भए पछि १० दिन सम्म होम आईसोलेसन बस्न सल्लाह दिए पनि कोभिड भन्दा मेरो परिक्षा ठुलो हो भनी अटेर गरी विहिबार सदरमुकाम आएको बताईएको छ । बागलुङ नगरपालिका–७ घर भएका उनी हाल बागलुङ बजारको श्रीनगर टोल डेरामा रहेको भन्ने सम्पर्कमा आएको पुनले जानकारी दिए ।
गाउँपालिकाको कोभिड समन्वय अधिकृत समेत रहेर काम गरेका उनी यस्तो संवेदनशिल विषयमा वेवास्ता गरेको टिकाटिप्पणी भएको छ । ‘कोभिड संक्रमण भए पछि उहाँ होम आईशोलेशनमा बस्नु भएको थियो ।, स्वास्थ्य शाखा संयोजक पुनले भने,–‘स्वास्थ्यमा कुनै जटिलता पनि छैन । स्वास्थ्य भन्दा परिक्षा ठुलो हो भनेर अटेर गरी गाडी नै रिजर्भ गरेर सदरमुकाम जानु भएछ । जिम्मेवार व्यक्तिले नै यस्तो लापरबाही गर्दा झनै संक्रमण दर फैलिन डर भयो ।’
संक्रमित व्यक्ति बागलुङ सदरमुकाम आए पछि बागलुङ नगरपालिका स्वास्थ्य शाखाले पनि उनको खोजी गरी होम आईशोलेशनमा बस्न लगाएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । खनालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको र नगरपालिका र प्रशासन सँग सम्पर्कमा रहेका छन । संक्रमित व्यक्ति ट्याक्सी रिजर्भ गरेर काठमाण्डौ एलएलबीको परिक्षा छ भनी हिड्न लागेको भनी जिल्ला प्रशासनमा उजुरी आएको थिए । प्रहरी प्रशासनले उनको खोजी गरेर भेटे पछि अहिले घरमै सुरक्षित बस्न लगाएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकिय अधिकृत सुर्यलाल विश्वकर्माले जानकारी दिए । ‘संक्रमित पुरुष नेपाल सरकारको जिम्मेवार पदमा रहेको कर्मचारी हुनुहुँदो रैछ । उहाँको लापरबाहीले देखियो उनले भने,–‘हामीले सम्पर्कमा ल्याएका छौं । १० दिन सम्म आईशोलेशनमा बस्नुपर्छ भनेका छौ । प्रशासनले निगरानी राखेको छ । संक्रमित नै यसरी खुलेआम अटेर गरी हिड्दा कोरोनाको जोखिम रहेको उनले बताए ।