रास्वपामा टिकट नपाएपछि उज्याले नेपालबाट उम्मेदवार बने राजेन्द्र

  • माघ ५, २०८२

 बागलुङ, -आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका निम्ती राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट नपाएपछि बागलुङ क्षेत्र नं. १ आकंक्षी रहेका राजेन्द्र शर्माले उज्यालो नेपाल पार्टीबाट टिकट लिएका छन । बागलुङ–१ मा रास्वपाले सशिल खड्कालाई उम्मेदवार बनाएपछि शर्माले विद्रोह गरेका थिए । उनिले सामाजिक सञ्जाल मार्फत असन्तुष्टी जनाएका थिए । स्वतन्त्र रुपमा चुनाव लड्ने उद्घोष गरेपनि शर्माले अन्नत उज्यालो नेपालबा टिकट ल्याएका छन । रास्वपाले जिल्लामा कम चर्चामा रहेका व्यक्तिलाई उम्मेदवार बनाएपश्चात जिल्लामा क्रियाशिल रहेका रास्वपाका नेता तथा कार्यकर्ताको भने चर्को असन्तुष्टी देखिएको छ ।  . 

उम्मेदवार चयनमा पार्टी केन्द्रले हस्तक्षेप गरेको भन्दै पार्टीका नेताहरुको असन्तुष्टि चुलिएको थियो । जिल्लाका नेताकार्यकर्ता र मतदाताको चाहाना विपरीत पार्टी केन्द्रले उम्मेदवार चयनमा मनोमानी गरेको उनको शर्माको आरोप छ । रास्वपाका जिल्ला सदस्य एवं जैमिनी नगरपालिकाका सभापति रहेका शर्मा पछिल्लो समय पार्टी संगठन विस्तारमा जिल्लाभर क्रियाशील रहँदै आएका छन् । रास्वपाको उम्मेदवारका अर्का आकांक्षी खिमानन्द कँडेलले पनि सीमित नेताहरूको स्वार्थमा बाहिरबाट पठाइएका उम्मेदवार आफूहरूले अस्वीकार गर्ने बताएका छन् ।

सामाजिक संजालमा पोष्ट लेख्दै उनले उम्मेदवार चयनमा पार्टी केन्द्रले ठाडो हस्तक्षेप गरेको आरोप लगाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय