बागलुङ- भदौ पहिलो मंगलबार बागलुङको ऐतिहासिक शक्तिपिठ भैरवस्थान मन्दिर परिसरमा संचालित ‘हरेलो मेला’को आयव्यय सार्वजनिक भएको छ । मेला सञ्चालन गरेको बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिले सोमबार आयव्यय सार्वजनिक गरेको हो ।
बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको प्रसिद्ध भैरवस्थान मन्दिरको प्रचारप्रसार र पर्यटन प्रबद्र्धनका लागि गुठी व्यवस्थापन समितिले हरेलो पर्वको अबसरमा हरेक वर्ष हरेलो मेला गर्दै आएको छ ।
गत भदौ २ गतेका दिन आयोजना गरिएको मेलामा कुल ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी भएको छ भने कुल ४ लाख ७३ हजार ६७५ रुपैयाँ खर्च भएको मेला आयोजक समितिका संयोजक एवं भैरवस्थान गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिए । मेलाबाट कुल २ लाख ८४ हजार ४४८ रुपैयाँ बचत भएको छ । बचत भएको रकम मन्दिर पुर्वाधारको पुर्वाधार निर्माणका लागि खर्च गरिने ढकालले बताए ।
मेलाका लागि बागलुङ नगरपालिकाले २ लाख २५ हजार रुपैयाँ, ग्लोबल आईएमई बैंकले १ लाख रुपैयाँ, प्रभु बैंकले ५० हजार रुपैयाँ, दिपक अधिकारीले ५१ हजार रुपैयाँ, कमल बहादुर हमाल (राजु)ले ५५ हजार ५५५ रुपैयाँ, बागलुङ नगरपालिका वडा नं. १२ बाट ५० हजार रुपैयाँ सहयोग भएको गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रबहादुर खत्रीले जानकारी दिए ।
मेला व्यवस्थापनका निम्ती बागलुङ नगरपालिका वडा नं. १३ पैयुँपाटाबाट २० हजार रुपैयाँ, वडा नं. १४ नारायणस्थानबाट २० हजार रुपैयाँ, वडा नं. ११ रायडाँडा र जैमिनी नगरपालिका वडा नंं १ कुश्मिसेरा वडा कार्यालयबाट १०÷१० हजार रुपैयाँ कुश्मा नगरपालिकाबाट १० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । त्यसैगरी बलेवा एकता सहकारीबाट, कालिका भगवती गुठी व्यवस्थापन समिति, प्राज्ञन मोर्टसर्पाट चित्रबहादुर केसीबाट १० हजार रुपैयाँ गरी ३० हजार रुपैयाँ र खुद्रा चन्दाबाट ९१ हजार ५६८ गरी कुल ७ लाख ५८ हजार १२३ रुपैयाँ संकलन भएको कोषाध्यक्ष के.सीले जानकारी दिए । सहयोगका लागि बोलकोबल भएको केही रकम मेला आयोजकले भुक्तानी पाउन बाँकी रहेको उनले बताए ।
मेलामा सबैभन्दा धेरै कलाकारको पारिश्रमिक साउण्ड सिष्टम र खाना खाजामा खर्च भएको छ । साउण्ड सिष्टमका लागि ६८ हजार रुपैँया, खाजा खानाका लागि ५७ हजार ९०० रुपैयाँ र कलाकारका लागि खर्च १ लाख २१ हजार ५०० रुपैयाँ खर्च भएको कोषाध्यक्ष खत्रीले बताए । त्यस्तै पञ्चेबाजा व्यवस्थापनका निम्ती १० हजार रुपैयाँ, यातायातका लागि ४१ हजार ४५० रुपैयाँ, भजन मण्डलीका लागि १३ हजार ५०० रुपैयाँ, खर्च भएको छ भने । मेला व्यवस्थापनका निम्ती सिसिटिभी, पुजासामाग्री, नेमप्लेट, छपाइ लगायतमा समेत गरी कुल ४ लाख ७३ हजार ६७५ रुपैयाँ खर्च भएको गुठी व्यवस्थापन समितिले जनाएको छ ।
मेलामा हजारौं आन्तरिक पर्यटकले अवलोकन गरेको मेला आयोजक समितिले जनाएको छ । मेलामा स्थानिय संस्कृति झल्किने विभिन्न झाँकी तथा स्थानिय भजन कृतनका साथै कुश्मिसेराको सालैजो प्रस्तुत गरिएको थियो भने भैरवस्थानमा प्रचलिन तरबारनाच समेत प्रर्दशन गरिएको थियो । मेलामा राष्ट्रिय कलाकार श्याम राना, सिता परियार, कृष्ण अखेली, नकुल ढकाल लगायतले आफ्नो प्रस्तुती राखेका थिए । मेलाको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष एवं ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र ढकालले गरेका थिए । भैरवस्थान मन्दिर व्यवस्थापन समितिले यहाँको पर्यटन प्रर्वद्धन र बलेवा क्षेत्रको स्थानिय संस्कृति संरक्षणका निम्ती हरेक वर्ष हरेलो मेला गर्दै आएको छ ।