प्रधानमन्त्री बालेन्द्र शाहसहित संघीय सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री बालेन्द्र शाहसँग काठमाडौं र धनुषामा घर तथा जग्गा रहेको छ। उनको नाममा काठमाडौंमा ९ आना र धनुषामा १.२ बिघा जग्गा तथा घर रहेको छ भने महोत्तरीमा ९ बिघा जग्गा रहेको उल्लेख छ।
प्रधानमन्त्री शाहसँग १५० तोला पैतृक सुन रहेको छ। उनको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ मौज्दात रहेको र उक्त रकमको स्रोत फेसबुक, युट्युब, टिकटक, स्पोटिफाइ र आईट्युन्स रहेको विवरणमा उल्लेख गरिएको छ।
उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन्