लायन्स र लियो क्लबद्वारा कुकुर सेल्टरमा खाद्यान्न सहयोग

  • भदौ ३, २०८३

बागलुङ । लियो क्लब अफ बागलुङ पिस टाउन र लायन्स क्लब अफ बागलुङ पिस टाउनले बागलुङमा रहेका कुकुर सेल्टर हाउसमा खाद्यान्न वितरण गरेको छ । क्लबको तेस्रो चार्टर डे को अवसरमा  खाद्यान्न सहयोग गरिएको हो ।
बागलुङ नगरपालिकाद्धारा सामुदायिक कुकुरहरुको व्यवस्थापनका निम्ती संचालित सेल्टर हाउसनै पुगेर क्लबका पदाधिकारी तथा सदस्यहरुले खाद्यान्न हस्तान्तरण गरेका हुन । 
कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट ३२५ जे नेपालका डिस्ट्रिक्ट एडभाइजर तथा लियो एडभाइजर लायन्स तुलसी रेग्मी सहभागीता रहेको थियो । कार्यक्रममा लायन्स क्लब अफ बागलुङ पिस टाउनका तेस्रो उपाध्यक्ष ज्योति बिष्ट, लियो डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ रिजन कोअर्डिनेटर लियो किरण रेग्मी तथा धौलागिरी रिजनका रिजन कोअर्डिनेटर लियो योगराज कँडेल लगायतको उपस्थिति थियो । खाद्यान्न सामाग्री बागलुङ नगरपालिकाका पशुशाखाका प्राविधिक मित्रलाल खरेललाई हस्तान्तरण गरिएको थियो । खरेलले पछिल्लो समयमा विभिन्न क्लब तथा संस्थाले आफ्नो स्थापना दिवस तथा व्यक्तिहरुले जन्मदिन सेल्टर हाउसका कुकुरका लागि खाद्यान्न सहयोग गर्ने गरेको बताए । लियो क्लब अफ बागलुङ पिस टाउनकी अध्यक्ष  प्रमिला कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष लियो रेजिना जिसीले गरेकी थिइन ्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय