प्रेस चौतारी नेपाल बागलुङ शाखाको छैठाै अधिवेशन सम्पन्न
बागलुङ- मुलुकको राजनैतिक परिवर्तनका निम्ती पत्रकारहरुको ठुलो भुमिका भएको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले जनाएका छन । प्रेस चौतारी नेपाल बागलुङको छैठौं जिल्ला अधिवेशन समारोहमा बोल्ने अधिकाशं बत्ताहरुले हरेक राजनितिक परिवर्तनका निम्ती पत्रकार र संचार माध्ययमको ठुलो भुमिका रहेको बताए । उनिहरुले राणा शासनको अन्त्य देखी अहिलेको गणतन्त्र प्राप्तीका लागि पत्रकारहरुको महत्वपुर्ण भुमिका रहेको बताए ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा खेलकूद विभागका प्रमुख लिल बहादुर थापा मगरले पत्रकारहरुल सत्य तथ्यको अन्वेषण गरेर मात्रै समाचारहरु बाहिर ल्याउनेपर्ने बताए । उनले बिचारले जो जता भए पनि भएपनि आम पाठक र श्रोता समक्ष समाचारमा सत्य तथ्य र सन्तुलित हुनुपर्ने तर्क राखे । ‘हाम्रो विचार राजनैतिक आस्थामा हुन्छ, आस्था राख्न पाउनु अधिकार पनि हो, कोहीको कतै आस्था होला कोही को कता मगरले भने–‘तर समाचारमा सन्तुलन हुनुपर्दछ, राजनैतिक आस्थाका आधारमा समाचार लेख्न भएन, विचारमा स्पस्टता भएपनि समाचारमा सत्यता हुन आवश्यक छ ।’ मगरले अहिलेका पत्रकारहरु अध्ययनशिल, प्रविधिमैत्री र व्यावसायिक हुन आवश्यक रहेको बताए । उनले पत्रकारहरुलाई राज्यले सकरात्मक ढंगले हेर्नुपर्ने र पत्रकारले राज्यको सकरात्मक कामहरुको प्रचार गर्दै नकरात्मक काममा सुझाव दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै अर्का पोलिटव्यूरो सदस्य मना कुमारी केसीले नेपाली पत्रकारितालाई राज्यको चौथो अंगको रुपमा हेरिए पनि व्यवहारमा लागु हुन नसकेको बताईन । उनले पत्रकार र पत्रकारिता क्षेत्रको विकासका निम्ती राज्यले केही गर्न जरुर रहेको बताईन ।
कार्यक्रममा प्रेस चौतारी नेपालका गण्डकी प्रदेश संयोजक सुष्मा पौडेल, केन्द्रीय सचिव रामकृष्ण शर्मा, नेकपा एमाले बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसी, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य हरिनारायण गौतम, प्रेस चौतारीका केन्द्रीय सल्लाहकार रामबहादुर जिसी, नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव तारानाथ आचार्य, नेपाल प्रेस युनियन बागलुङका उपाध्यक्ष संगम घर्ति मगर, प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानिया, प्रेस सेन्टरका केन्द्रिय सदस्य एवं पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, प्रगतिशिल पत्रकार संघका केन्द्रीय सदस्य ताराप्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रेस चौतारी नेपाल बागलुङका संस्थापक अध्यक्ष एवं हाल नेकपा एमाले बागलुङका इन्चार्ज गोविन्द नेपाली, हालै नवनिर्वाचित नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी, सचिव विष्णु भुषाल सहसचिव गणेशबहादुर थापा डम्बर श्रीष जिल्ला सदस्यहरु चन्द्र गणेश, लोकेन्द्र केसी र खिम बहादुर कार्कीलाई बधाई तथा सम्मान गरिएको थियो ।
कार्यक्रम प्रेस चौतारी नेपाल बागलुङका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षता, उपाध्यक्ष नविन शिशिर विकको स्वागत र सचिव सृजना पन्तको संचालनमा सम्पन्न भएको थियो । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।