बागलुङ- राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा राजेन्द्र ढुङ्गाना चयन भएका छन् । शुक्रबार देखी बागलुङमा सुरु भएको ७ औं जिल्ला सम्मेलनले ढुङ्गानालाई सर्वसम्मत जिल्ला अध्यक्षमा चयन गरेको हो । जिल्ला कार्यसमिति ३५ सदस्यीय रहेको छ । राजमो बागलुङको उपाध्यक्षमा उपाध्यक्षमा खिमबिक्रम शाहि, सचिवमा भिमलाल पोखरेल, सहसचिवमा शान्तकला शर्मा र कोषाध्यक्षमा दिपक थापा चयन भएका छन् ।
समितिको सदस्यमा कृष्ण पौडेल, नेत्र बुढाथोकी, थानेश्वर सुवेदी, दिलबहादुर श्रीस, लक्ष्मी बाँस्कोटा, रुद्रा केसी, लक्ष्मण पुन, धनबहादुर अदै, हिराबहादुर थापा, लोकनाथ शर्मा, तिर्थसिँह थापा, बोमबहादुर थापा, थमन घर्ती, पदम श्रेष्ठ, ठाकुर शर्मा, पनबहादुर बिक, बिष्णु बस्नेत, कृष्णा पुन, आशा केसी रहेका छन् ।
त्यसैगरि सदस्यमा तमबहादुर घर्ती, गोपाल पौडेल, योगेन्द्रराज पौडेल, टिकासंगम बिक, रुमकान्त गौतम, सोमन्ता सलामी, खड्कबहादुर बिक, कमला पाण्डे, लालबहादुर राना, रीता खत्री कार्की र इश्वरमान बि.क. रहेका छन् ।
बैकल्पिक सदस्यमा प्रेमप्रसाद गौतम, पुनिकला बुढा, प्रेमबहादुर रोका, दानबहादुर थापा, गणेश चोखाल, रिमबहादुर थापा, नैनसिँह थापा, जंगबहादुर बलाल थापा, निमकुमारी भण्डारी, देवि खत्री र पूर्णबहादुर परियार रहेका छन् भने सल्लाहकारमा अमरबहादुर थापा, नरबहादुर पुन, काजीगाउँले श्रेष्ठ, तिलक थापा, टंकबहादुर केसी, टेकबहादुर आरसी, भिमसेन बन, अर्जुनबहादुर खत्री, घनश्याम सुनार, पृथ बहादुर श्रीस र टिकाराम शर्मा रहेका छन् । गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा, संघियताको खारेज भन्ने नाराका साथ अधिवेशन तथा जिल्ला सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनको उद्घाटन केद्रीय अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए ।