शिक्षक विद्यार्थीको प्रतिभा पहिचाहन 

  • पुस २७, २०८२

बागलुङ-  एकिकृत सेवा कार्यालय बागलुङको आयोजनामा शिक्षक विद्यार्थी प्रतिभा पहिचाहन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत जिल्लास्तरीय बक्तृत्वकला प्रतियोगिता संचालन गरिएको हो । छुट्टाछुट्टै प्रतियोगितामा जिल्लाका विभिन्न पालिकामा अध्यापन गराउने शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो ।  
कार्यक्रमको उद्घाटन गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले विद्यार्थी र शिक्षकको प्रतिभा पहिचान कार्यक्रमले उनिहरुको व्यक्तित्व विकास गर्नुका साथै शिक्षण र सिकाइको गुणस्तरलाई वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । आचार्यले शिक्षकको प्रतिभा पहिचानले अध्यापन क्षमताको मूल्याङ्कन, नेतृत्व गुण, नवीनता र रचनात्मकता, विद्यार्थीहरूसँगको सम्बन्ध प्रभावकारी बन्ने तथा विद्यार्थीको प्रतिभा पहिचानले विद्यार्थीमा रुचि र क्षमता परीक्षण गर्ने, अभिरुचि–अवलोकन बढ्ने कुरामा जोड दिए । कार्यक्रममा बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेल शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत दलबहादुर थापाले शिक्षक र विद्यार्थीलाई एउटै कार्यक्रममा उसको प्रतिभा प्रस्तुत गर्दा दुवैको मनोबल उच्च हुने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा शिक्षक तर्फ बागलुङ नगपालिकाको कालिका कन्या माविका शिक्षक अमृता शर्मा प्रथम, लहरेपिपल माविका शिक्षक हरि प्रसाद भण्डारी द्धितिय र जैमिनी नगरपालिकाको जनता माविका शिक्षक कमला देवी चालिसे तृतिय भएका थिए । 
त्यसैगरी विद्यार्थी तर्फ ढोरपाटन नगरपालिका ५ का छोरेगाउँ माविका सम्झना सिर्पाली प्रथम, बागलुङ नगरपालिकाको गणेश माविकाका विद्या अधिकारी द्धितिय र जैमिनी नगरपालिकाको जनप्रिय माविका करुणा शर्मा तृतिय भएको सामाजिक विकास  तथा शिक्षा शाखा प्रमुख श्यामकुमार थापाले जानकारी दिए । 
प्रतियोगितामा उत्कृष्ट तथा प्रथम भएका एक जना शिक्षक र एक विद्यार्थी माघ १५ गते हुने गण्डकी प्रदेश स्तरीय शिक्षक विद्यार्थी पहिचाहन कार्यक्रममा सहभागी हुनेछन । 
गण्डकी प्रदेशभरबाट विभिन्न विधामा उत्कृष्ट शिक्षक र विद्यार्थी छनोट गर्नका लागि पहिलो चरणमा जिल्लाका पालिका भित्रका शिक्षक विद्यार्थी प्रतियोगितामा सहभागी हुने कार्यालय प्रमुख शिव प्रसाद शर्माले जानकारी दिए । 
एकिकृत सेवा कार्यालयका प्रमुख शर्माको अध्यक्षता सहायक प्रशासकिय अधिकृत गुप्त बहादुर कार्कीको स्वागत र सामाजिक विकास तथा शिक्षा शाखा प्रमुख श्यामकुमार थापाको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय