पत्रकार तथा कवि कृष्ण सेन ‘इच्छुक’ को स्मृतिमा प्रेस सेन्टर नेपाल, जिल्ला समिति बागलुङको आयोजनामा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यामन्दिर माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकाहरुलाई १० हजार रकम बराबरको कापी,सिसाकलम,इलजर,कटर लगाएतको सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष लक्ष्मण केसीले बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेर प्रेस सेन्टर, बागलुङले सह्रानिय कार्य गरेको बताए । विद्यालयले विद्यार्थीको पढाईको साथसाथै स्वास्थ्यमा पनि विशेष ध्यान दिनु पर्ने र विद्यार्थीको सिकाइ उपलब्धी बढाउन वडाले विद्यामन्दिर माविसँग सहकार्य गर्ने वडा अध्यक्ष केसीले भने ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय राना, विद्यामन्दिर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य, प्रधानाध्यापक शान्तामणि ढकाल, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सदस्य चन्द्र बहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कृष्ण सेनले पत्रकारिता र साहित्यमा पुर्याएको योगदानमाथि प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारीले प्रकास पारेका थिए । प्रेस सेन्टर नेपाल जिल्ला समिति बागलुङका उपाध्यक्ष संजन सिंहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य कोपिला कँडेलले र संचालन सचिव अनिष खातीले गरेका थिए ।