नेपाल ओमानसँग ५ विकेटले पराजित

  • भदौ ३०, २०७८

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाल पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको १९७ रनको लक्ष्य ओमानले मात्र पाँच विकेट गुमाएर पूरा गरेको हो। ओमानले ३१.१ ओभर खेल्दै २०० रन जोडेको छ। 

ओमानका लागि ओपनर जतिन्डर सिंहले सर्वाधिक १०७ रन बनाए। उनी कुशल मल्लको बलमा रोहित पौडेलबाट क्याचआउट भएका थिए। 

मोहम्मद नादिमले ३८, सुरज कुमारले २०, आयन खानले १८ रनको योगदान गरे। सोइब खान ७, कप्तान जीशान मक्सुद ४ रन बनाएर आउट भएका थिए। कुशल र करण केसीले ओमानको समान दुई/दुई विकेट लिए। सुशन भारीले एक विकेट हात पारे। 

प्रतिक्रिया