काँग्रेस विशेष महाधिवेशन: बागलुङबाट चार केन्द्रीय सदस्य

  • माघ १, २०८२

 बागलुङ, - नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बागलुङका चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । सभापति गगन कुमार थापा नेतृत्वको टिममा चार जना सर्वसम्मत केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन । केन्द्रीय सदस्य बन्नेमा चम्पादेवी खड्का, जगदिशचन्द्र उपाध्याय टेकराज पौडेल र भिम श्रीष रहेका छन । खड्का यस अघि पनि केन्द्रीय सदस्य हुन । उनि १३औँ र १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिईन भने यस पटक विशेष महाधिवेशनको पक्षमा खुलेरै लागेकी थिईन । खड्का गण्डकी प्रदेश सभा सदस्य समेत हुन । खड्का महिला खुल्लाबाट केन्द्रीय सदस्य बनेकी छन ।  त्यस्तै १३ औँ र १४ औँ महाधिवेशनका काँग्रेस बागलुङको सभापतीका लागि भिडेका उपाध्याय विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन । उपाध्याय खुल्ला खसआर्यबाट केन्द्रीय सदस्य बनेका हुन । काँग्रेसको महासमिति सदस्य रहेको उपाध्याय विशेष महाधिवेशनको बागलुङ जिल्लाबाट नेतृत्व नै गरेका थिए ।
 महाधिवेशनबाट पश्चिम बागलुङका नेता टेकराज पौडेल खुल्ला तर्फबाट केन्द्रीय सदस्य बनेका हुन । उनि नेपाली काँग्रेसको १३औ र १४ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दिएका थिए । पौडेल नेविसंघ नेपाल तरुणदल हुँदै पार्टीको मुल राजनितिमा होमिएका हुन । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिहुँदै काँग्रेसको मुल राजनितिमा होमिएका भिम श्रीष पनि विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । श्रीस आदिवासी जनजाती तर्फबाट केन्द्रीय सदस्य बनेका हुन महासमिति सदस्य समेत रहेका श्रीष १४औँ महाविधेशनमा पनि केन्द्रीय सदस्यका लागि भिडेका थिए । 
कुन कुन नेता विशेष महाधिवेशनको पक्षमा उभिए
नेपाली काँग्रेसमा विशेष महाविधेशनकी र नियमिति महाधिवेशन भन्ने कुरा चलिरहँदा पौष २७ गते देखी काठमाण्डौको भृकुटीमण्डपमा विशेष महाविधेशन संचालन भयो । विशेष महाधिवेशनका लागि गत असोजमा नै हस्ताक्षर अभियान संचालन भएको थियो । सो समय बागलुङका नेता जगदिशचन्द्र उपाध्यायको नेतृत्वमा ३४ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए पछि केही थप भएको काँग्रेस श्रोतले जनाएको छ । विशेष महाविधेशनको पक्षमा क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिमा नेता उपाध्याय  सहित पुर्व सभापति हरिप्रसाद श्रेष्ठ, जिल्ला सचिव हरिहर शर्मा, प्रदेश सभा सदस्य  डिल्लीराम सुवेदी, काँग्रेस गण्डकी प्रदेश सदस्य शकुन्तला शर्मा, कल्पना हमाल पाठक, महाविधेशन प्रतिनिधिहरु चिरञ्जीवी गौतम, प्रकाश आचार्य, भीम श्रीस, सीताराम रसाइली, उमाकान्त शर्मा पौडेल, कमला पराजुली, दुर्गादेवी वि.क., जगुपती कँडेल, प्रेम छन्त्याल, ओमकार थापा, भगवती सापकोटा, बेमकुमारी थापा, राजु थापा, टोपबहादुर मल्ल र टंकप्रसाद शर्मा कडेल रहेका थिए । हस्ताक्षर अभियानमा सहभागि नभएता पनि क्षेत्र नं. १ का क्षेत्रीय सभापती चण्डी प्रसाद शर्मा पौडेल र महाविधेशन प्रतिनिधि नारायण शर्मा विशेष महाधिवेशनमा खुलेरै लागे । क्षेत्रीय सभापति पौडेलले जिल्लाका सवै महाविधेशन प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै  सार्वजनिक अपिल गरे ।
विशेष महाधिवेशनको  पक्षमा हस्ताक्षर गरेका पूर्व सभापति हरिप्रसाद श्रेष्ठ भने महाधिवेशनमा उपस्थित  नभएको महाधिवेशनमा सहभागी एक नेताले जानकारी दिए । केन्द्रीय सदस्य चम्पादेवी खड्का यस अघि संस्थापन पक्षबाट केन्द्रीय सदस्य भएता पनि विशेष महाधिवेशनकै पक्षमा रहेकी थिइन । 
काँग्रेसको विशेष महाधिवेशनमा क्षेत्र नं. २ बाट पनि क्षेत्रीय सभापति जोकलाल बुढा मगर सहित १३ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए । पछि पुन १ जना थप भएर क्षेत्र नं. २ बाट १४ जना विशेष महाधिवेशनको पक्षमा उभिएका थिए । 
यस क्षेत्रबाट नरबहादुर पुन निरज, टेकराज पौडेल, रेणुका काउचा मगर, मञ्जेशबम मल्ल, अर्जुन शेरचन, सागर खरेल, गीता श्रीष, सरस्वती रिजाल आचार्य, राधिका पुन दिपेन्द्र श्रेष्ठ, तिलबहादुर अधिकारी  ऋषिराम कंडेलले हस्ताक्षर अभियानमा सहभागी भएका थिए भने पछि भुमिराज सेञ्चुरी विशेष महाधिवेशनमा नै उपस्थित भएर अभियानमा जोडिए । 

कुन कुन नेता नियमित महाधिवेशको पक्षमा उभिए
बागलुङ क्षेत्र नं. १ बाट विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेता पनि काँग्रेस बागलुङका पूर्व सभापति हरिप्रसाद श्रेष्ठ नियमित महाधिवेशनको पक्षमा उभिए ।  पुर्व सभापति मणिभद्र शर्मा कंडेल, प्रकाश शर्मा पौडेल, काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि बसन्त कुमार श्रेष्ठ, पार्वती आचार्य, विष्णु पौडेल दारी भने नियमित महाधिवेशनकै पक्षमा उभिए  । त्यसैगरी क्षेत्र नं. २ बाटका महाधिवेशन प्रतिनिधिहरु मध्य काँग्रेस बागलुङका सभापति जीत बहादुर शेरचन सहित गण्डकी प्रदेश सभा सदस्य द्रोर्ण कुँवर, तुलासिंह घर्तिमगर, भरत शर्मा गैरे, सिंहबहादुर राना, लिलमाया पुन, देवेन्द्र कुमार घर्तिमगर, दिलमाया पौवी,  सोमबहादुर पौवी यामु, र जिल्ला सचिव गण्डकी थापा अधिकारी नियमित महाधिवेशनको पक्षमा रहेका थिए । त्यसैगरी केन्द्रीय सदस्य रहेको किरणराज  पौडेल पनि नियमित महाधिवेशन पक्षमा नै उभिएका थिए । 
जिल्लाबाट निर्वाचित कुल महाधिवेशन प्रतिनिधि ५२ जनामध्ये प्रतिनिधि सभा क्षेत्र नं १ बाट निर्वाचित नवराज पौडेल २ बाट निर्वाचित मञ्जु शर्मा चालिसे र देवीप्रसाद भट्टचन नेकपा एमालेमा प्रवेश गरेसँगै कुल ४९ जना रहेका थिए । जसमा जनसम्पर्क समिति र भातृसंस्थाबाट प्रतिनिधित्व गर्ने ३ जना महाधिवेशन प्रतिनिधि सहित कुल ३४ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको पक्षमा उभिएका थिए पछि क्षेत्र नं. १ का क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेल, महाधिवेशन प्रतिनिधि नारायण शर्मा पौडेल र भुमिराज सेञ्चुरी थपिए भने पूर्व सभापति श्रेष्ठ महाधिवेशनमा सहभागी नहुँदा बागलुङबाट कुल ३६ जना विशेष महाधिवेशनको पक्षमा उभिएका थिए । 
क कसले आह्रवान गरे विशेष महाधिवशनमा सहभागी हुन 
विशेष महाधिवेशनको मिति तोकिए सँगै पौष २५ गते जिल्ला उपसभापति र सचिव सहितका नेताहरुले सम्पुर्ण महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरे । उपसभापति तारानाथ पौडेल सहित जिल्ला सचिव हरिहर शर्मा, क्षेत्र नं. १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा  पौडेल, क्षेत्र नं. २ का क्षेत्रीय सभापति जोकलाल बुढा मगर, क्षेत्र नं. १ प्रदेश सभा (ख)का सभापति दलबहादुर श्रीष राना क्षेत्र नं. २ प्रदेश सभा (क) सभापति तिलक घर्तिमगर, बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा बाबु, जैमिनी नगरपालिकाका सभापति प्रेम सापकोटा, गलकोट नगरपालिकाका सभापति विरजंग भण्डारी, काठेखोला गाउँपालिकाका सभापति यामदत्त कंडेल, बरेङ गाउँपालिकाका सभापति तुलसीराम  पौडेल र ताराखोला गाउँपालिकाका सभापति कमलापती पाठकले महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरेका थिए । उनिहरुले नेपाली कांग्रेसका तमाम कार्यकर्तासंगै आम जनताले खोजेको रुपान्तरित र परिवर्तनशिल पार्टी निर्माण गर्ने महाअभियान भन्दै यसमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका थिए । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय