राष्ट्रिय जनमोर्चा बागलुङको बडिगाड गाउँपालिका वार्ड न १० दर्लिङको प्रशिक्षण भेला सोमबार दर्लिङमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सचीव भिमलाल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले पुर्ण बहादुर बि.क.को अध्यक्षतामा ३१ सदस्यीय वडा समिती गठन गरेको छ ।
समितिको उपाध्यक्षमा दुजमान बुढा, सचिवमा उति प्रसाद परियार, सह–सचिवमा अर्जुन थापा, कोषाध्यक्षमा पुर्णा कुमारी सुनार र सदस्यहरुमा मेहर सिह थापा, हेम बहादुर थापा, जुठे बि.क., मिना बुढा, असोक बि. क., इस्वरमान बि.क., सन्जे बि.क., नबिन बि.क., अन बहादुर बुढा, रुमा आचार्य, केसर बिक, सुशील बुढा, लाल जङ गुरुङ, उदयराज बुढा, दुर्गा बुढा, राजु बि.क., तनरुप बुडा, मने बि.क., अमरसिंह थापा, अजय बि.क., सन्जु बि.क., देबे बि. क., मनोज बुढा, बोम बि.क., अने बि.क.,देब बहादुर बि.क. रहेका छन ।
प्रशिक्षण भेलामा ने.क.पा.मसाल बागलुङका प्रवत्ता मेक बहादुर पाइजा, अखिल नेपाल युबक संघ केन्द्रिय कोषाध्यक्ष भिम सेन वन, अखिल नेपाल युवक संघ जिल्ला कोषाध्यक्ष अनिल गिरी, राष्ट्रिय जनमोर्चा बडिगाडका सचिव इस्वरमान बि.क., दुर्गा बहादुर बुढा, नर बहादुर बि.क. पुर्णा कुमारी सुनार लगायतले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए । भेला मेहरसिंह छन्त्यालको अध्यक्षता, दुजमान थापाको स्वागत र सुशील बुढाको संचालनमा सम्पन्न भएको थियो ।