नारायण रिजाल, बागलुङ - नेपाली काँग्रेसका सह–महामन्त्री एवं नेपाल सरकारका सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले एमालेको नेतृत्वको सरकारमा सहभागी काँग्रेसका मन्त्रीहरुलाई काम गर्न कुनै अपठ्यारो नभएको बताएका छन । नेपाली काँग्रेस बागलुङले शनिबार विहान आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारको नेतृत्व एमालेका अध्यक्ष केपी ओलीको भएता पनि काँग्रेसका मन्त्रीहरुलाई काम गर्न कुनै अपठ्यारो नभएको बताए ।
उनले प्रधानमन्त्री ओलीले अभिभावकत्व निभाएको र हरेक निर्णय सहमती र समन्वयमा भएको दाबी गरे । पाण्डेले काँग्रेस एमाले दुवै एक अर्काका सहयात्री र प्रतिस्पर्धी दल भएको बताउँदै २०८४ सम्ममको निर्वाचन अहिलेकै गठबन्धन रहने बताए । ‘सरकार ढल्छ भनेर केही तत्वहरुले अफवाह फैलाउने काम गरेता पनि अहिले नै सरकार ढल्दैन यसमा सवै ढुक्क हुनुहोस आउँदो निर्वाचन सम्म यही गठबन्धन चल्नेछ , मन्त्री पाण्डेले भने,–‘अहिलको गठबन्धन राजनिति स्थायित्वका लागि हो देशका दुई ठुला दल एक भएर मुलुकको विकासका निम्ती लागि परेका छन, सरकार ढल्ला र खाउला भनेर बसेकाहरुले विभिन्न हल्ला फिजाए पनि यो गठबन्धन दिगो रहन्छ । उनले काँग्रेस र एमालेकै प्रतिस्पर्धा भएता पनि सरकार भने मिलेरै चलाउने बताए ।
मन्त्री पाण्डेले नेपालको पर्यटन क्षेत्रको विकासका निम्ती विभिन्न खाका तयार पारेर आफ्नो मन्त्रालयले काम अगाडी बढाएको बताए । काँग्रेस सत्तामा रहँदा पुँजी बजारमा सकरात्मक हुँदै गएको हुँदा पुँजी बढ्दै गए हरेक क्षेत्रको पनि विकास सम्भव बताउँदै पर्यटन क्षेत्रको विकासमा पनि पुँजी बजारले थप टेवा पु¥याएको बताए । उनले आफ्नो मन्त्रालयले जनमुखी र लोकप्रिय काम भन्दा पनि नितिगत परिणाम दिने काम गरेको बताए । ‘हामी सुजन किँरातीले झै मन्त्रालयमा झाडु लगाउने काम गर्ने हैन नितीगत व्यवस्था परिवर्तनका लागि काम गर्ने हो मन्त्री पाण्डेले भने,–‘अहिले मन्त्रालयले संस्कृति निती, पर्यटन निती तयार पार्दै छ, २०१५ सालमा निर्माण भएको हवाई नितीलाई पनि संसोधन गर्न जरुरी रहेको छ । यि सवै नितीहरु अब आउने हिँउदे अभिवेशनमा हामी टेबुल गर्नेछौं यिनलाई कार्यान्वयन गर्न सकियो भने पर्यटन क्षेत्रको विकासका निम्ती थप सहयोग पुग्ने छ ।’ उनले पर्यटन क्षेत्रको विकासका र सुधारका निम्ती निजी क्षेत्रको साथमा लिएर अगाडी बढ्न जरुरी रहेको बताए । पाण्डेले दुर्घटना हुँदा बन्ने जाँचबुझ आयोगलाई स्थायी प्रकृतिको जाँचबजु आयोग निर्माण गर्ने गरी आफ्नो मन्त्रालयले काम गरेको बताए । पाण्डेले बागलुङ ढोरपाटन सिकार आरक्षको विकास र यस क्षेत्रका पर्यटकिय क्षेत्रको विकासका लागि सरकारले नितिगत व्यवस्थामा अगाडी बढाउन जरुरी रहेको बताए ।
नेपाली काँग्रेस बागलुङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बद्री प्रसाद पाण्डे कार्यक्रममा सहमहामन्त्री जीवन परियारले काँग्रेसको क्रियाशिल सदस्यता नविकरणको अभियाना र अन्य विभिन्न अभियानले संगठनलाई थप मजबुत बनाउने बताए । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री दिपक गिरीले अबको काँग्रेस बलियो संगठनका रुपमा प्रस्तुत हुने बताए । कार्यक्रम नेपाली काँग्रेस बागलुङ का सचिव हरिहर शर्माको अध्यक्षता, सदस्य नारायण श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।