"घरघर जाऔं काँग्रेस जिताऔं" अभियान कार्यकर्तामा ऊर्जा अभिवृद्धि गर्न हो – दिलमान पाख्रीन

  • चैत २, २०७८

बागलुङ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रीनले पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने कै निम्ती नेपाली काँग्रेसले देशव्यापी घरघर जाऔं काँग्रेस जिताऔं अभियान संचालन गरेको बताएका छन । नेपाली काँग्रेस बागलुङ नगरपालिका–२ ले आयोजना गरेको जनता सँग नेपाली काँग्रेस अभियान अन्तरगत घरघर जाऔं काँग्रेस जिताऔं अभियानको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन । उनले  स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म अभियान संचालन गरी जनता समक्ष अपिल गर्ने अभियानको उद्देश्य रहेको छ ।
‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने उनले बताए । 
कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारितरूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत ३ वर्षे कार्यकालमा भएका जनभावना विपरीतका गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापकरूपमा राख्ने कांग्रेसको अभियान छ ।
‘नेपाली काँग्रेसका नेतृत्वमा विगतमा हसिल गरेका राजनिति र आर्थिक उपलब्धी जनसमक्ष विस्तरित रुपमा अभियानमा जानकारी गराईने छ । पाख्रिनले भने –‘नेकपाको सरकारले गरेका गत ३ वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि असंवैधानिक कदम र भ्रष्टचार प्रकरण जनता सवै कुरा जनतालाई बुझाउनुपर्ने हाम्रो कर्तव्य हो, सोही कुरा राख्ने गरी देशव्यापी भण्डाफोर गुर्नुपर्दछ । ’
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य चम्फा खड्काले स्थानिय तहको निर्वाचनमा व्यक्ति हेरेर भन्दा पनि उम्मेदवारले काँग्रेस प्रति गरेको योगदान र मतदाताको जनभावना अनुसार उम्मेदवार छनौट गर्नुपर्ने बताईन । 
कार्यक्रममा नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य रत्ना शेरचन, काँग्रेस काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, बागलुङका निवर्तमान सभापति दिपेन्द्र बहादुर थापा, पुर्व उपसभापति जगदिशचन्द उपाध्याय क्षेत्रीय प्रतिनिधि कर्ण हमाल लगायतले संविधान रक्षाका लागि बाध्यात्मक रुपमा काँग्रेस सरकारमा जानुपर्नेको यर्थाथ र एमसिसीको बारेमा पनि जनतालाई प्रष्ट पार्नुपर्ने बताएका थिए । 
कार्यक्रको विषयबस्तु र उद्देश्य बारे जिल्ला संयोजक जगन्नाथ आचार्यले प्रष्ट पारेका थिए । 
कार्यक्रम वडा सभापति अमर बहादुर खड्काको अध्यक्षता उपसभापति निलेश राजभण्डारीको स्वागत र सचिव खगेश्वर पौडेलको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया