कालिगण्डकी करिडोर : ६ महिना अगाडी नै काम सकिएपछि निर्माण कम्पनीलाई स्थानिय पालिकाद्धारा सम्मान

  • जेठ २४, २०८२

नारायण रिजाल. बागलुङ ! पछिल्लो समयमा अधिकाशं योजनाहरु समयमा सम्पन्न भएको कमै पाईन्छन । धेरै पटक म्याद थप गर्दा पनि आयोजना सम्पन्न हुन नसकेर केही ठेक्काहरु रद्धनै भएका छ भने केही योजनाहरु वर्षौ देखी अलपत्र भै रहेका छन । यस्ता अवस्थाहरु आई रहेको बेलामा मुलुककै गौरवको आयोजना रहेको कालिगण्डकी करिडोर बागलुङ खण्डको काम भने निर्माण कम्पनीले सम्पन्न गर्नुपर्ने मिति भन्दा ६ महिना अगावै काम सम्पन्न गरेको छ । 
  
करिडोरको बागलुङ खण्ड अन्तरगतको बलेवा–हर्मिचौर’ खण्डको ४५ किमी सडक कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी कालीका कन्स्ट्रक्सनले तोकेको भन्दा ६ महिना अघि कालोपत्रे सम्पन्न गरेको छ । 
४५ किमी सडक कालोपत्र

तोकेको समय भन्दा अगाडी नै काम सम्पन्न गरेपछि यस क्षेत्रका बागलुङ नगरपालिका र जैमिनी नगरपालिका र गुल्मीको कालिगण्डकी गाउँपालिकाले  निर्माण कम्पनीलाई शनिबार एक कार्यक्रम गरी भव्य रुपमा सम्मान गरेका छन । 
यसका साथै समयमा काम सक्ने वातावरण बनाउने भूमिका खेल्ने कालिगण्डकी करिडोर आयोजना कार्यालयलाई पनि सम्मान गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । निर्माण कम्पनीले तोकिएको समय भन्दा ६ महिना अगाडी नै कालोपत्रेको काम सम्पन्न गरेपनि तिन पालिका मिलेर सम्मान गरेका हुन ।  
राम्रो गर्नेलाई सम्मान
निर्माण कंपनी सबैले काम अलपत्र पारेका छैनन् भन्ने सन्देश बागलुङबाट दिएकोले सम्मान गरिएको शर्मा बताउँछन ।  ‘पछिल्लो समयमा निर्माण व्यवसायी र कम्पनीले समयमा नै काम सम्पन्न गर्दैन भन्ने भास्य रहेको छ । धेरै योजनाहरु अलपत्र पनि परेका उदाहरण छन शर्माले भने,–‘तर केही राम्रा निर्माण कम्पनीहरु पनि छन राम्रो गर्नेलाई सम्मान गर्ने र सकारात्मक सन्देश दिन सकेमा धेरै आयोजनाहरु समयमा सकिने हुँदा हामी तिन पालिका मिलरेर सम्मान गरिएको हो । 
उनले स्थानिय तहमा काम गर्ने वातावरण मिलाईयो भने  समयमा योजनाको काम सकिँने रैछ भन्ने यो उदाहरण पनि भएको बताए । 
‘बागलुङको बलेवा–गुल्मीको हर्मिचौर’ खण्डको ४५ किमी सडक तोकेको भन्दा ६ महिना अघि कालोपत्रे भएको हो । यो काम सक्न ठेकेदार कंपनीले इमान्दार पुर्वक काम गरेको आयोजना कार्यालय पाल्पाकी प्रमुख कल्पना अधिकारीले बताउँछिन ।  
ठेकेदार कंपनी कालीका क्नस्ट्रक्सनका आयोजना व्यवस्थापन महेश सुवेदीलाई जैमिनीधाममा आयोजित कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सम्मान गरे ।  अबसरमा आयोजनाका प्राविधिकहरु, कन्स्ट्रक्सनका प्राविधिक तथा अन्य कर्मचारी समेत सहभागि थिए ।

३ अर्ब ३३ करोडको लागत

आयोजना कार्यालयका अनुसार २०७९ साल मंसिर २६ गते यो सडक खण्डको ठेक्का लागेको थियो । ३ अर्ब ३३ करोडको लागतमा २०८२ मंसिर २५ मा सक्ने सम्झौता थियो । यो खण्ड बाहेक हर्मीचौर देखि रिडी सम्मको सडक अघिल्लो बर्ष नै कालोपत्रे भैसकेको छ । बागलुङको बलेवा देखि मालढुंगा सम्मको खण्ड भने अझै सकिएको छैन । आयोजना प्रमुख अधिकारीले काम सम्पन्न भएको कंपनी र श्रोत अभावमा काम रोकेका ठेकेदारलाई भुक्तानी दिन नपाएको भन्दै राज्यले श्रोत सुनिश्चित गर्नुपर्ने बताइन् । योजनाहरु सफल पार्न स्थानीय जनप्रतिनिधिले पनि ठूलो योगदान पु¥याएको भन्दै यो सम्मानको भागिदार स्थानीय जनप्रतिनिधि पनि भएको आयोजना प्रमुख अधिकारीको भनाइ थियो । महिला नेतृत्वमा बसेर पनि समय अघि काम सक्ने जस पाएको भन्दै मेहेनत र इमान्दारीताले सफलता मिलेको बताइन् ।

 

आयोजना समयमा सकिंदा ठेकेदारको ६ महिना समय बचेको र यो समयमा अन्य योजनामा खर्चिदा अन्य योजनाहरु पनि समयमा सम्पन्न हुने बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ बताउँछन । उनले हिजो एक वर्ष पहिले धुलाम्य सडक कालोपत्रे हुँदा यस क्षेत्रका बासिन्दालाई सहज भएको बताए । श्रेष्ठले समयमा काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई स्थानिय तहले मात्र हैन नेपाल सरकारले नै सम्मान र पुरस्कृत गर्ने े कार्यक्रम ल्याउनुपर्ने बताए । 
सवैको सहयोगले तोकिएको समय भन्दा अगाडी काम सकियो
हर्मिचौर–बलेवा खण्डमा धेरै अप्ठ्यारा भिर पहरा रहेको भएता पनि कम्पनीले निरन्तर सक्रियता र स्थानियको सहयोगमा ६ महिना महिना अगावै काम सम्पन्न कालिका कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर महेश सुवेदीले बताए । सुवेदीका अनुसार  यस खण्डमा कसैको अवरोध नहुँदा समयमै काम सम्पन्न गर्न निर्माण कम्पनी सफल भएको हो । यमै काम सम्पन्न गर्नुमा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयको ठूलो सहयोग गरेको सुवेदी बताउँछन । 

May be an image of 10 people and text
केही महिना पहिले धुलो हिलो छिचोल्दै सदरमुकाम आउनुपर्ने अवस्था रहेको दक्षिण बागलुङका स्थानिय अहिले सरर कालोपत्रेमा यात्रा गर्न पाईएको बताउन ।  करिडोर स्तरीय बनेपछि जैमिनीको कुश्मीसेरा देखि दैनिक बुटवलकालागि बस सेवा संचालन भैसकेको छ । सडक कालोपत्रे भएपछि १०–१२ घण्टा लाग्ने सडक अहिले ५ घण्टामा छोटिएको छ । करिडोर खण्ड अन्तरगत मालढुंगा बलेवा खण्ड भने सुस्त गतिमा काम भएको छ । खड्क कृष्ण जेबी निर्माण कम्पनीले जिम्मा लिएको यस खण्डको काम केही संरचना निर्माणमा मात्र रोकिएको छ । 
कालिगण्डकी करिडोड भारतको सुनौली देखी चिनको कोरला सम्म जोड्ने छोटो दुरीको सडकको रुपमा रहेको छ । यो राष्ट्रिय गौरवको आयोजना भएका कारण निर्माणको काम धमाधम भै रहेको छ ।  
सम्मान कार्यक्रममा जैमिनीका पुर्व नगरप्रमुख इन्द्रराज पौडेल सहित जैमिनी र बागलुङ नगरापलिकाका वडा अध्यक्ष समेत सहभागि थिए । उपप्रमुख शर्माको अध्यक्षता, इन्जिनियर बिबेक सापकोटाको संचालन र प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । 

May be an image of 9 people and text

May be an image of 5 people and crowd

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय