बागलुङ नगरबासीको शिर कहिलै झुक्न दिने छैन – नगरप्रमुख श्रेष्ठ

  • जेठ ४, २०७९

बागलुङ-     बागलुङ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगरबासीको शिर कहिलै झुक्न नदिने प्रतिवद्धता जनाएका छन । बुधबार भएको विजयी ¥याली पश्चातको कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले जनताले दिएको मतको उच्च कदर गर्दै जनताको शिर झुक्ने काम कहिलै नगर्ने अठोट गरेका छन । हिजो कुनै दल र गठबन्धनको उम्मेदवार भएर निर्वाचनमा होमिए पनि अब सवैको साझा भएका कारण सवै नगरबासीको हरेक सुख दुःखको सारथी बनेर अगाडी बढ्ने बताएका छन । श्रेष्ठले सवै मतदातालाई धन्यबाद दिँदै जनताले दिएको मतको कदर गर्दै सधै जनताकै कामका लागि अगाडी बढ्ने बताएका छन । 
उनले गठबन्धनका मात्र नभएर नेकपा एमाले र राप्रपाका सवै दलका नेता तथा कार्यकर्ताको मनोभावना अनुसार अबको ५ वर्ष बागलुङ नगरपालिकाको विकासमा लाग्ने बताएका छन । ‘हिजो कुनै दलमा भएर हामी निर्वाचनमा होमियौं नतिजा आए सँगै नगरप्रमुखको जिम्मेवारी दिनुभएको छ ।, श्रेष्ठले भने–‘अब म सवै जनताको साझा हो म बागलुङ नगरबासी सवैको सेवक भएर काम गर्ने छु ।  नगरको समुन्नत विकासका लागि सवै जनताको साथ आवश्यक छ । काम गर्दै जाँदा विभिन्न ठाँउमा ठेस लाग्छ सक्छ तपाईहरुले सचेत गराउनुहोला ।’
    उनले बागलुङ नगरपालिकालाई अबको ५ वर्षमा कस्तो बनाउनुपर्छ भन्ने सपना ल्याएर आएको त्यो सपना साकार पार्नका निम्ती जनताकै साथ आवश्यक रहेको बताए । श्रेष्ठले कसैलाई भेदभाव नराखी काम गर्ने समेत प्रतिवद्धता जनाएका छन । ‘हामी सवैका साझा भएर काम गर्नेछौं । त्यो यो पार्टीको यो त्यो पार्टीको भनेर भेदभाव गर्नेछैनौ श्रेष्ठले भने,–‘जुन अठोट ल्याएर आएका छौ. त्यो पुरा गर्ने छौं । यसका लागि गठबन्धनमा आवद्ध दलका साथै नेकपा एमाले राप्रपाका साथीहरुको सल्लाह सुझाव लिनेछौ र समग्र नगरको विकासका लागि अगाडी बढ्नेछौं ।’ उनले वडा तह देखीकै जनप्रतिनिधि कुनै खराब बाटो हिँडन खोजेमा जनताले खबरदारी गर्नुपर्ने बताए । श्रेष्ठले बागलुङ नगरको समृद्धिका निम्ती अबको पाँच वर्ष कुनै तलब नलिइ काम गर्ने र आफ्ना नाममा आएको तलब भत्ता गाउँगाउँमा गरिब विभिन्नको स्वास्थ्य उपचारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘नगरलाई कसरी समृद्ध बनाउने भन्ने विषयमा सवै दलका सँग र विज्ञ सँग सल्लाह लिनेछौं श्रेष्ठले भने–‘बागलुङ नगरपालिकामा हरेक सम्भावना नै सम्भावना छन त्यसको पहिचाहन गरेर अगाडी बढ्नेछौं । राष्ट्रिय गौरवका आयोजना यही हुँदै गएका छन तर यहाँका हरेक नागरिकका समस्या छन त्यसलाई समाधान गर्न सवै सँग सहकार्य गर्नेछौं । उनले निर्वाचनमा उत्साहपुर्वक आफ्नो मताधिकार प्रयोग गरी संयुक्त गठबन्धनबाट उम्मेदवारलाई विजयी बनाउनेलाई हृदय देखी नै धन्यबाद दिएका छन ।  श्रेष्ठले निर्वाचनलाई निपक्ष शान्तिपुर्ण र मर्यादित ढंगबाट सम्पन्न गर्न क्रियाशिल रहनुभएका सम्पुर्ण निर्वाचन अधिकृत सुरक्षाकर्मी, स्वंसेवक गणक प्रतिनिधि पर्यवेक्षक तथा संचाकर्मीमा हार्दिक आभार व्यक्त गरेका छन । संयुक्त गठबन्धनका जिल्ला स्तरीय नेता सहित बागलुङ बजारम विशाल विजयी ¥याली निकालीएको थियो । श्रेष्ठले निवर्तमान नगरप्रमुख नेकपा एमालेका नेता जनकराज पौडेललाई भारी मतान्तरले पछि पार्दै विजयी भएका हुन । नगरप्रमुखमा श्रेष्ठले १४ हजार ६७८ मत. प्राप्त गरेका छन भने पौडेलले ८ हजार ८२१ मत प्राप्त गरेका हुन । 
०७४ सालको स्थानिय तहको निर्वाचनमा पनि श्रेष्ठ र पौडेल विच नै प्रतिस्पर्धा भएको थियो । अघिल्लो निर्वाचनमा पौडेलले श्रेष्ठलाई झण्डै २२ मतको मतान्तरले पछि पार्दै विजयी भएका थिए भने यस पटक श्रेष्ठले ५ हजार ८५७ को मतान्तरले पौडेललाई पछि पादै विजयी भएका छन । नगर उप्रमुखमा नेकपा माओबादी केन्द्रका राजु खड्का विजयी भएका छन । पाँच दलीय गठबन्धनकै पक्षका उनले कुल १२ हजार ४२७ प्राप्त गरेका छन । उनका प्रतिस्पर्धी राप्रपाका सञ्जय खड्काले ८ हजार ६५ प्राप्त गरेका छन । बागलुङ नगरपालिकामा गठबन्धनका दल एकातिर थिए भने नेकपा एमालेले राप्रपालाई सँगै लिएर चुनावी मैदानमा होमिएको थियो ।
 

प्रतिक्रिया