बागलुङ– नेकपा एमालेका केन्दिय सदस्य पद्यमा अर्यालले नेपालको राजनिति स्थायित्वका लागि सवै कम्युनिष्ट पार्टी एकै ठाउँमा हुन जरुर रहेको बताएकी छन ।
नेकपा एमाले जैमिनी नगरपालिका बागलुङको प्रथम नगर अधिवेशनको विहिबार कुश्मिसेरामा उदघाट्न गर्दै अर्यालले अबको देशको निकास भनेकै नेपालका कम्युनिष्ट पार्टीले दिने हुँदा सवै एकै ठाउँमा उभिन जरुर रहेको बताईन ।
अर्यालले अहिले पार्टी भित्र आन्तरिक द्धन्द भएर केही नेता फुटेर नयाँ पार्टी गठन गरेता पनि भोलिका दिन देशमा राजनितिक स्थायित्वका लागि सवै एकै ठाउँमा हुनुको विकल्प नरहेको बताईन ।
पुर्व भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेह रहेकी अर्यालले दुई तिहाईको कम्युनिष्ट सरकारको किचोलोले गर्दा सरकार ढलेर काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि उनले अहिले सरकार संचालन गर्न धौ–धौ भएको बताईन । ‘हामी आफै– आफै लडेर हुँदा छदाको सरकार ढालेर काँग्रेसलाई सुम्पियौं अर्यालले भनिन्–काँग्रेस माओबादी र हामी बाटै छुट्एिर गएकाहरुको अहिले गठबन्धन भएको छ । यो पनि धेरै समय टिक्ने वाला छैन । कम्युनिष्टहरु विच त एकता हुन नसकेको कहाँबाट काँग्रेस सँग एकता टिक्छ ।’ उनले अबको निर्वाचनमा नेकपा एमाले देशकै पहिलो शक्ति भएर उदाउने र फेरी सरकारको नेतृत्व गर्ने दाबि गरिने ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य ईन्द्रलाल सापकोटाले बागलुङमा नेकपा एमालेको संगठन बलियो रहेको र यसलाई कसैले घचघचाउन नसक्ने बताए । नेकपा एमालेका पुर्व केन्द्रिय निर्वाचन विभाग सदस्य ममतादेवी शर्माले स्थानिय तहको अधिवेशन सँगै जिल्लामा एमालेको संगठन झनै बलियो बन्दै गएको बताईन ।
नेकपा एमाले जैमिनी नगरपालिका संयोजक तथा जिल्ला सचिवालय सदस्य सावित्रा रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहसंयोजक बद्री ढुंगाना र संचालन जिल्ला कमिटी सदस्य देवेन्द्र रेग्मीले गरेका थिए ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । त्यसका लागि बन्द सत्र सुरु भएको अनेरास्ववियु केन्द्रिय सदस्य शिव शर्माले जानकारी दिए । जैमिनी नगरपालिकाको अध्यक्षका लागि वर्तमान सहसंयोजक बद्री ढुंगाना र डिलप्रसाद पौडेलको उम्मेदवारी रहेको छ । त्यसैगरी किशोर थापा छन्त्याल रमेश क्षेत्री, लक्ष्मी किसान र भिमबहादुर श्रीषले उपाध्यक्षमा उम्मेदवारी परको छ ।
नगरसचिवमा देवेन्द्र रेग्मी, टिका उचै, अमृत सुवेदी लेखनाथ शर्मा, बलबहादुर थापाको दाबि रहेको छ भने उपसचिवमा शिव शर्मा भोम पुन, रिता शर्मा, गुमा नेपाली, राजिव थापा जमुना ढकाल शर्मा, जगंबहादुर जिसी किसान थापाको उम्मेदवारी परको निर्वाचन समितिले जनाएको छ ।
जिल्लाका अन्य स्थानिय तहमा पनि सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हुँदा जैमिनीमा पनि सर्वसम्मत नै नयाँ नेतृत्व चयन हुने बताईएको छ । जिल्लाका दश स्थानिय तह मध्ये निसीखोला र बरेङ गाउँपालिका बाहेक विहिबार सम्म अन्य आठ स्थानिय तहमा अधिवेशन सम्पन्न भएको नेकपा एमाले बागलुङले जनाएको छ ।