बागलुङ_ प्रेस चौतारी नेपालको २४ औँ स्थापना दिवसको अवसरमा डस्बिन व्यवस्थापन गरिएको छ । प्रेस चौतारी बागलुङ शाखाले बागलुङ नगरपालिका–१ रामरेखा बाङ्गेचौरमा रहेको शहिद पार्कमा फोहोर व्यवस्थापन गर्नको लागी पाँच थान डस्बिन व्यवस्थापन गरिएको हो । कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रिय सल्लाहकार राम बहादुर जिसीले शहिद पार्क अहिलेको अवस्थामा आउदा व्यवस्थित हुनुमा श्रमजिवी पत्रकारको हात रहेको बताएका छन् । सरोकारवाला निकायलाई शहिद पार्कलाई सफा राख्ने र फोहोर मैलामुक्त पार्क बनाउने उदेश्यले साङ्केतिक रुपमा डस्बिन व्यवस्थापन गरिएको उनले बताए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तारानाथ आचार्य, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय राना, प्रेस युनियन बागलुङका सचिव नारायण रिजाल, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष राम थापा ‘अबिरल’, नेपाल आदीवासी जनजाती पत्रकार महासंघ बागलुङका सचिव डम्मर बुढामगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम प्रेस चौतारी नेपाल बागलुङ शाखाका अध्यक्ष नविन शिशिर बिकको अध्यक्षता, कोषाध्यक्ष खेमराज गौतम सुवासको स्वागत तथा उपाध्यक्ष सृजना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।