बागलुङ- मुल्यवृद्धि, महङ्गी तथा भष्ट्राचार विरुद्ध नेकपा एमाले बागलुङले जनप्रदर्शन गरेको छ । एमाले सर्मथक जनवर्गिय संगठनमा आवद्ध रहेका कार्यकर्ता सहितलेबागलुङ बजारमा प्लेकार्ड सहितको नारा बोकेर जनप्रर्दशन गरेका छन ।
उनिहरुले गठबन्धनका कारण देश र राष्ट्रियता धरापमा परेको बताउदै अहिलेको सरकारले महङ्गी, भष्ट्राचार कालोबजारीलाई प्राथमिकता दिएको आरोप लगाउदै नाराबाजी सहित बागलुङ बजार विरोध प्रर्दशन गरेका हुन ।
एमाले कार्यक्रर्ताहरुले एसपिपि खारेज गर, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, अपरिपक्क शासक चाहिदैन, जनता मार्न पाइदैन, मुल्य वृद्धि नियन्त्रण गर र गठबन्धनको उपहार मूल्यवृद्धि, कुशासन र भ्रष्ट्राचार लगायतका नारा सहित बजारमा विरोध प्रर्दशन गरेका थिए । नेकपा एमालेले देशव्यापीरुपमा अहिलेको गठबन्धन बिरुद्ध प्रर्दशनमा उत्रने नीति अनुसार बुधबार देशव्यापी प्रर्दशन गरेको छ ।
एमाले विरोध प्रदर्शनपछि कोणसभामा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य गोबिन्द नेपालीले गठबन्धनको सरकार माफियाको जङ्गुलमा फसेको बताए ।
“अहिलेको गठबन्ध सरकार विदेशीको इशारामा चलेको छ, महङ्गीले देश आक्रान्त बनिसक्यो, तर यो सरकारले महङ्गी नियन्त्रण गर्नुको साटो कालोबजारीलाई बढाइ रहेको छ” नेपालीले भन्नुभयो “एमाले पलिा पनि जनताको पक्षमा ओकालत गरेको थियो, अहिले पनि जनताको पक्षमै ओकालत गरिरहेको छ, जनताको चुलो बोल्न नसक्ने अवस्थामा गठबन्धनको सरकारले आसेपासेलाई बजेट पोसेको छ ।”
अनेमसंघका केन्द्रिय सदस्य हुमा कुमारी जिसी अन्जुले गठबन्धनको सरकार र मुल्य नियन्त्रणको विरुद्धमा नेकपा एमाले संर्घषमा उत्रेको बताउदै महङ्गी, भष्ट्राचार तथा मुल्यवृद्धि नियन्त्रणमा अहिलेको सरकार असफल भएको बताए ।