नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ।
कार्यसम्पादन समिति बैठक अहिले पनि केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख मसान्तमा १५औ महाधिवेशन गर्ने गरी प्रस्ताव प्रस्तुत गरेका हुन्।
उक्त बैठकमा २०८२ चैत २१ गतेदेखि अधिवेशन प्रारम्भ गर्ने गरी कार्यवाहक सभापति खड्काले प्रस्ताव गरेका हुन्।
प्रस्तावित कार्यतालिकाअनुसार आगामी चैत २१ गते गाउँ नगर अधिवेशन तय गरिएको छ। त्यस्तै चैत २५ गते गाउँ नगरपालिका अधिवेशन प्रस्तावित छ।
चैत २८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन तय गरिएको छ भने वैशाख २ गते एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र र वैशाख ५ गते दुई वा त्यसभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन प्रस्ताव गरिएको छ।
Laxmi bank
आगामी वैशाख १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन गर्ने र वैशाख मसान्तभित्र केन्द्रीय अधिवेशन गर्ने प्रस्ताव छ।