बागलुङमा १ सय १९ जनाले उम्मेदवारी फिर्ता लिए 

  • ब‌ैशाख १६, २०७९

बागलुङ- आगामी बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनका लागि निर्वाचन कार्यतालिका अनुसार शुक्रबार उम्मेदवारी फिर्ताको समय थियो । जिल्लाका १० स्थानिय तहमा विभिन्न पदमा उम्मेदवारी दिएका ११९  जनाले शनिबार निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिएका हुन । 
    फिर्ता लिनेमा जिल्लाको ढोरपाटन नगरपालिकामा सवै भन्दा बढि ३५ जना उम्मेदवार रहेका छन भने तमानखोला गाउँपालिकामा जम्मा १ जनाले मात्र आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । जिल्लाको सवै भन्दा ठुलो पालिका बागलुङ नगरपालिकामा २९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै गलकोट नगरपालिकमा ८ जना, जैमिनी नगरपालिकमा ११ जना, ताराखोला गाउँपालिकामा ३ जना, बडिगाड गाउँपालिकामा ७ जना, निसीखोला गाउँपालिकमा ९ जना, बरेङ गाउँपालिकमा ८ जना र काठेखोला गाउँपालिकमा ९  जनाले आफ्नो उम्मेदवार फिर्ता लिएका निर्वाचन कार्यालयहरुले जनाएका छन । जिल्लामा मुख्य तय गठबन्धनका दलहरु एकातिर छन भने नेकपा एमाले सँग राप्रपाले तालमेल गरेको छ । 
बागलुङ नगरपालिकामा २९ जना
    नगरपालिकामा नगरप्रमुखका लागि स्वतन्त्र उम्मेदवार दिनेश पन्तले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । नेपाल विद्यार्थी संघ धौलागिरी बहुमुखी क्याम्पसको एकाई सभापति समेत रहेका पन्तले नेपाली काँग्रेसका नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठ र गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने उद्देश्यले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन । त्यसैगरी राप्रपाको तर्फबाट नगरप्रमुखका उम्मेदवार सञ्जु नेपालीले पनि आफ्ना उम्मेदवार फिर्ता गरेकी छन । उनले नेकपा एमाले र राप्रपाका उम्मेदवारलाई सहयोग गर्ने बताएकी छन । 
    नेकपा एमालेबाट उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएकी पवित्रा रोकाले पनि आफ्नो उम्मेदवारी फिर्ता गराएकी छन । नेकपा एमाले र राप्रपा विच तालमेल भए पश्चात रोकाले आफ्नो उम्मेदवारी फिर्ता गरेकी हुन । 
बागलुङ नगरपालिकामा वडा नं. १ मा वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार राजेश श्रेष्ठ, वडा नं. ३ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार निशान खड्का, वडा नं. ४ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार हरिबहादुर जिसी, डिल्ली प्रसाद आचार्य, वडा न.ं ७ का वडा अध्यक्षका उम्मेदवार मानबहादुर कार्की, हेमराज गौतमले आफ्नो उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए । 
त्यसैगरी वडा नं. १० को राप्रपाको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका रोमन्त मल्ल स्वतन्त्र उम्मेदवार विष्णुप्रसाद शर्माले पनि आफ्नो उम्मेदवारी फिर्ता गराएका छन । शर्मा नेकपा एमालेका जिल्लास्तरीय नेता हुन । नेपाली काँग्रेस विपिबाट वडा नं. १३ का वडा अध्यक्षका उम्मेदवार बनेका रामप्रसाद अधिकारी, र वडा अध्यक्षकै स्वतन्त्र उम्मेदवार रुद्र प्रसाद शर्माले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । शर्मा नेकपा माओबादी केन्द्रका नेता हुन । 
बानपा १४ मा गठबन्धन भित्रकै दलका नेताले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका उमानाथ सिग्देल र योगेन्द्रराज शर्मा पौडेलले पनि उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
बागलुङ नगरपालिकमा  वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका बानपा ३ बाट अमृत प्रसाद सापकोटा, बानपा ७ का माधव प्रसाद उपाध्याय, बानपा ८ का प्रियंका कार्की, बान.पा १० का कृष्णबहादुर विक, मनोज थापा, गोमा थापा, बानपा ११ का सम्मर बहादुर थापा, बानपा १२ का शेख सखिना खातुन, सुस्मा घमाल विक, बानपा १३ का चित्रराज शर्मा र रेशमबहादुर थापा खत्री र बानपा १४ का खेमकान्त पौडेलले पनि आफ्नो उम्मेदवारी फिर्ता गराएका छन । 
बागलुङ नगरपालिकमा गठबन्धनमा पाँच दल एकातिर छ भने नेकपा एमाले सँग राप्रपा रहेको छ । गठबन्धनकै दल नेकपा एस बाट उपप्रमुखको उम्मेदवारी दिएका जिवन आचार्य र वडा नं. ३ का वडा अध्यक्षका उम्मेदवार पिंगलराज गौतमले पनि आफनो उम्मेदवारी फिर्ता लिएनन् । त्यसैगरी नेकपा एमालेमा बागी उम्मेदवारी दिएका वडा नं. ३ का स्वतन्त्र उम्मेदवार पुनम शर्मा र वडा नं. २ का स्वतन्त्र उम्मेदवार रामराज गुरुङले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । बागलुङ नगरपालिकको वडा नं. १२ अमलाचौरमा पनि नेपाली काँग्रेसले छुट्टै समुह बनाएर स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेको थियो । नेपाली काँग्रेसका वडा सभापति कोपिलामणी शर्माको नेतृत्वमा वडामा छुट्टै स्वतन्त्र उम्मेदवार खडा गरेको थियो । ति कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन 
ढोरपाटनमा ३५ जना फिर्ता लिए 
    जिल्लाको ढोरपाटन नगरपालिकामा ३५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन । नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएका ४ जना, उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका २ जना वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका ९ जना र अन्य वडा सदस्यमा दर्ता गराएका गरी जम्मा ३५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको लिएको ढोरपाटन नगरपालिकाका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । 
 नगरप्रमुखमा उम्मेदवारी दिएका मध्ये फिर्ता लिनेमा जसपा बाट गंगाबहादुर घर्ति, र स्वतन्त्र रुपमा उम्मेदवार दिएका दलबहादुर भण्डारी, गणेश कुमार थापा , शैलेश घर्तिमगर रहेका छन । त्यसैगरी उपप्रमुखमा स्वतन्त्रबाटै उम्मेदवारी दिएका दिलमाया पौवी र भिमकुमारी क्षेत्रीले पनि उम्मेदवारी फिर्ता दिएको सहायक निर्वाचन अधिकृत रिजालले जानकारी दिए । त्यसैगरी वडा अध्यक्षमा उम्मेदवारी जनता समाजबादी पार्टीको तर्फबाट वडा नं. २ का उम्मेदवार शंकर बहादुर कुँवर र राप्रपाको वडा नं. ६ का तुलबहादुर भण्डारी रहेका छन । अन्य वडा अध्यक्षका उम्मेदवार भने सवै स्वतन्त्र रुपमा दर्ता गरेकाले फिर्ता लिएका छन । स्वतन्त्र मध्ये । वडा नं. ९ का कर्ण बहादुर वि.क. वडा नं. ५ का शिवध्वज पुन, र दिलिप कुमार विक वडा न.. ७ का कुलबहादुर विक, वडा नं. ६ का वडा अध्यक्षका उम्मेदवार दिपक बुढा मगर वडा नं. ४ का थम बहादुर कार्की र वडा नं. ५ का भरत कुँवरले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन । उम्मेदवारी फिर्ता लिनेमा  खुल्ला वडा सदस्य ११ जना दलित महिला सदस्य ३ जना र महिला सदस्य ६ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
गलकोटमा ८ जनाले फिर्ता लिए
जिल्लाको गलकोट नगरपालिकामा ८ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । नगरप्रमुखका स्वतन्त्र उम्मेदवार गुमानसिंह बुढा सहित ६ जना वडा २ जना वडा  अध्यक्ष र ५ जना वडा सदस्यले फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत नेत्र प्रसाद भुषालले जानकारी दिए । फिर्ता लिनेमा वडा नं. ५ का वडा अध्यक्षका स्वनत्र उम्मेदवार ललित बहादुर श्रीष मगर, वडा नं. ६ का वडा अध्यक्षका उम्मेदवार भिमबहादुर विश्वकर्मा रहेका छन । त्यसैगरी नेकपा एकिकृत समाजबादीको तर्फबाट वडा नं. २ मा आफ्नो उम्मेदवारी र्ता गरेका लालबहादुर भण्डारीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत भुषालले जानकारी दिए । उम्मेदवारी फिर्ता लिनेमा वडा नं. १ का वडा सदस्य कृष्ण बहादुर गुरुङ, वडा नं. २ का वडा सदस्य हर्कबहादुर थापा, वडा नं. ३ का वडा सदस्य ताराबहादुर अधिकारी र वडा नं. ८ का वडा सदस्य इन्द्रमणी उपाध्याय रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गलकोट नगरपालिकामा नेपाली काँग्रेसका जिल्ला सदस्य मञ्जु शर्मा चालिसेले नगरप्रमुख र नेकपा माओबादीका नगर अध्यक्ष तिलक उप्रेतीलेले पनि उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । 
बडिगाडमा ७ जनाको फिर्ता 
जिल्लाको बडिगाड गाउँपालिकामा ७ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन । गाउँपालिकामा मुख्य निर्वाचन अधिकृत सितादेवी सुवेदीका अनुसार राष्ट्रिय जनमोर्चाका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार अनिल गिरी र स्वतन्त्र रुपमा गाउँपाकिला उपाध्यक्षका उम्मेदवार यामेन्द्र घर्ति सहित ७ जनाले उम्मेदवारी फिर्ता गरेका हुन । गिरी राष्ट्रिय जनमोर्चाका हुन भने घर्ति काँग्रेसका हुन । उम्मेदवारी फिर्ता गर्नेमा वडा नं. ३ का वडा अध्यक्षका स्वतनत्त उम्मेदवार लोकबहादुर घर्ति, वडा नं. ५ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार धुव्रबहादुर घिमिरे, वडा नं. ९ का वडा अध्यक्षका स्वतनत्र उम्मेदवार भक्तबहादुर श्रीष, वडा नं. ५ को स्वतन्त्र खुल्ला सदस्य धर्मराज घिमिरेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । 
ताराखोलामा ३ जनाले फिर्ता लिए
जिल्लाको ताराखोला गाउँपालिकामा ३ जनाले आफ्नो उमम्ेदवारी फिर्ता गराएका छन । वडा नं. ३ का वडा अध्यक्षका उम्मेदवार तुलसीराम घर्ति मगर सहित वडा नं. ३ कै महिला सदस्य पुर्णमायाँ रोका र वडा नं. ५ का खुल्ला सदस्य लालमती घर्तिले आफ्नो उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद ढकालले जानकारी दिए । तिन जना उम्मेदवार नै सवै स्वतन्त्र रहेका थिए । 
तमानखोला १ जनाले फिर्ता लिए 
जिल्लाको तमानखोला गाउँपालिकामा भने १ जनाले मात्र आफ्नो उम्मेदवारी फिर्ता गरका छन । स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्षको उम्मेदवारी दिएका नरेन्द्र कुमार छन्त्यालले आफ्नो उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृत लाल प्रसाद लामिछानेले जानकारी दिए । 
काठेखोला गाउँपालिकामा ९ जनाले फिर्ता लिए  
काठेखोला गाउँपालिकामा ९ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । गाउँपालिकाका निर्वाचन अधिकृत हर्क बहादुर क्षेत्रीका अनुसार फिर्ता लिनेमा स्वतन्त्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका डिल बहादुर बिक, स्वतन्त्र चित्र बहादुर कार्की, काठेखोला गाउँपालिका–१ को वडा अध्यक्षका स्वतन्त्र उम्मेदवारी गणेश नेपाली, स्वतन्त्रबाट सोही वडाको अध्यक्षमा उम्मेदवारी टिका बहादुर थापा र वडा नम्बर ६ को अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका धनपती न्यूरेले उम्मेदवारी फिर्ता लिएका छन ।  यस्तै गाउँपालिका–५ मा स्वतन्त्रबाट दलित महिला सदस्य उम्मेदवार बनेकी गिता बिक, वडा नम्बर ५ स्थित स्वतन्त्र उम्मेदवार बन्नुभएको गंगा बहादुर बिक, वडा नम्बर ४ का सदस्यका उम्मेदवार विष्णु कंडेल, ८ नम्बर वडाका सदस्यका उम्मेदवार झक बहादुर सुनार र काठेखोला १ बाट दलित महिला सदस्य रिता नेपालीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालले जनाएको छ । 
जैमिनीमा १० जनाले फिर्ता लिए
जैमिनी नगरपालिकामा २ जना नगरप्रमुख २ उपप्रमुख सहित १० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । नगरप्रमुखमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका शिवलाल सापकोटा, जयराम आचार्य र उप्रमुखको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका रुद्रकुमारी रोका क्षेत्री, र कृष्णराज पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन । सापकोटा नेपाली काँग्रेसका हुन भने रोका क्षेत्री राष्ट्रिय जनमोर्चाका हुन । 
    त्यसैगरी वडा नं. ८ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार पदमबहादुर पुन, वडा नं. १० का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार पुरन श्रीष, वडा नं. १ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार डिल्ली प्रसाद शर्मा र ताराबहादुर थापाले पनि आफ्नो उम्मेदवारी फिर्ता गरेको जैमिनी नगरपालिकाका मुख्य निर्वाचन अधिकृत सुर्यप्रसाद भण्डारीले जानकारी दिए । त्यसैगरी वडा सदस्यका स्वतन्त्र उम्मेदवार वडा नं. १ का देवनारायण शर्मा, वडा नं. २ का  वडा सदस्यका स्वतन्त्र उम्मेदवार नारायण प्रसाद सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन । 
निसीखोलामा ९ जनाले फिर्ता लिए 
    जिल्लाको निसीखोला गाउँपालिकामा ९ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन । ५ जना वडा अध्यक्ष सहित ४ जना वडा सदस्यले आफ्नो उम्मेदवारी फिर्ता गरेको निसीखोला गाउँपालिकाका निर्वाचन अधिकृत गोविन्द गिरीले जानकारी दिए । 

प्रतिक्रिया