बागलुङ - प्रत्येक वर्ष बर्खाको समयमा दुःख दिने दब्ल्याङको पहिरो नियन्त्रण तथा व्यवस्थापनका काम अगाडी बढाइएको छ । दक्षिण बागलुङ र गुल्मी जोड्ने सडक समय समयमा बाधा पु¥याउने पहिरो व्यवस्थापनका निम्ती संघिय सरकार जलश्रोत तथा सिंचाई मन्त्रालयको चालु आर्थिक वर्षमा विनियोजित ३ करोड बजेटबाट पहिरो नियन्त्रण तथा व्यवस्थापनको काम अगाडी बढाउने तयारी गरिएको हो । बागलुङ नगरपालिका–१० भकुण्डेमा पर्ने पहिरोले मालढुङ्गादेखि भकुण्डे, रायडाँडा र छिमेकी गुल्मी जिल्ला जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीसेरा जोड्ने सडक अवरुद्व हुँदा यात्रीले सास्ती खेप्दै आएका छन् ।
यस वर्ष विनियोजित बजेटले मुख्य समस्यालाई हटाउने प्रयास गरिने योजना रहेको छ । त्यसका लागि बर्खायाममा भकुण्डेको द्धारा, गलुवा हुँदै आउने पानीलाई दिगो रुपमा तर्काउने योजना रहेको सिँचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना कास्कीका डिभिजन प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए । आयोजना प्रमुख सहित गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदी र प्राविधिक तथा कन्सल्टेन्ट टोलीले दब्ल्याङ पहिरो र पहिरोदेखि माथिल्लो भागको स्थलगत अबलोकन गरेका थिए ।
पहिलो चरणमा माथिबाट बग्ने पानी व्यवस्थापन गरेपछि सडक बनाउनुपर्ने प्राविधिक सल्लाह अनुसार आयोजनाले चालु वर्षको तीन करोड बजेटले नियन्त्रण व्यवस्थापन र संरक्षणको काम गर्ने भएको हो । ‘‘अहिलेको प्रारम्भिक अध्ययन अनुसार यस वर्षको बजेटले पानीको व्यवस्थापन गरेर नजिकैको न्वारे खोला हुँदै काठेखोलामा खसाउने काम हुने छ । यस अगाडी नै यस क्षेत्रमा कच्ची नाली बनेको रैछ प्रमुख श्रेष्ठले भने,–‘यसलाई पक्की बनाएर माथिबाट आउने सवै पानी तर्काउन सकियो भने पहिरो नियन्त्रण हुनेछ । आउँदा वर्षको बजेटबाट सडक संरचना निर्माणको काम हुने छ ।” श्रेष्ठका अनुसार यस वर्ष पहिरो पानी तर्काउने कामका साथै पहिरो क्षेत्रमा बायो ईञ्जिनियरीङको काम पनि हुनेछ । आयोजनाले तत्काल टेक्का प्रक्रिया अगाडी बढाउने र आगामी दुई महिना मित्र निर्माणको काम थालनी गरिने बताएको छ ।
पहिरो व्यवस्थापनका निम्ती दुई वर्ष पहिले गण्डकी प्रदेश सरकारको सहयोगमा भौगर्भिक अध्ययन गरिएको थियो । अध्ययनमा पुर्ण रुपमा पहिरो व्यवस्थापन र सडक संचालनका निम्ती करिब २० करोड रुपैयाँको लागत निस्किएको थियो । सोही अनुसार संघिय सरकारबाट आवश्यक बजेट व्यवस्थापनका निम्ती माग भए बमोजिम यस वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन भएको गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले बताए । “पहिरो नियन्त्रण र व्यवस्थापनका निम्ती भुगर्भ विदहरुबाट विस्तृत अध्ययन भै सकेको छ, झण्डै २० करोड लाग्ने अनुमान रहेको छ, सुवेदीले भने,–“२० मिटर तल मात्र चट्टान रहेको प्राविधिक प्रतिवेनमा रहेको हुँदा यसलाई सानो बजेटले हुँदैन, चालु आर्थिक वर्षका लागि छुटिएको रकम जेनजी आन्दोलनका कारण रोकिएको थियो । लामो प्रयास पश्चात यसलाई कार्यान्वयको पक्षमा रहेका छौँ, यस वर्ष माथिल्लो भागको पानी नियन्त्रणका काम हुनेछ । अर्को वर्ष अन्य काम गर्ने योजना रहेको छ ।” उनले यो योजना बहुबर्षिय बनाउनका निम्ती आयोजना बैंकमा समेत समावेश गरिएको बताए । कुल १८ करोडको लागत हुने गरी बहुबर्षिय योजनाको रुपमा समावेश गरिने छ । गत वर्षमा पनि गलुवाको विद्यालयबाट सडक संचालन गरी पहिरो नियन्त्रणका केही काम भएको थियो सुवेदील भने ।
पहिरो नियन्त्रणका लागि पटक पटक भएका प्रयास असफल भएपछि दिगो व्यवस्थापनको काम थालिएको हो । २०७६ सालबाट प्रत्येक वर्ष वर्खाको समयमा सडक अवरुद्ध बन्ने र वर्षातमा महिनौसम्म सडक ठप्पै हुने गरेको छ । पहिरो हटाउन र व्यवस्थापनका निम्ती पुर्वाधार विकास कार्यालय र बागलुङ नगरपालिकाले गरेको करोडौं रुपैयाँ हरेक वर्ष खेर गएको छ । पहिरोले करिडोर र माथिल्लो सडकलाई असर गर्न थालेपछि गण्डकी प्रदेश सरकारको लगानीमा पर्वतको कुश्मा नगरपालिका १ नयाँपुल देखी बागलुङ नगरपालिका–१३ पैयुँपाटाको कालाखोला जोड्ने पक्की पुल निर्माणको काम अगाडी बढाएको छ । पुल निर्माणका निम्ती ठेक्का सम्झौता भै माटो परिक्षण लगायतका काम भएका छन । पुलको नक्सा डिजाईन अन्तिम चरणमा पुगेको भौतिक विकास तथा पुर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ । पुलको करिब १८ करोड लगानीमा बहुबर्षिय योजनामा रहेको छ ।
पहिरोका कारण बर्खायाममा बागलुङ नगरपालिका बलेवा क्षेत्रका पैयुँपाटा, अमलाचौर र भकुण्डेका स्थानियले दुःख खेप्नु परेको छ । यो समयमा सदरमुकाम बागलुङ बजार आउ जाउ गर्नका निम्ती पैदल यात्रा समेत गर्न कठिनाई पर्ने गरेको स्थानियको गुनासो रहेको छ ।