मित्रता दिवसमा बैंकर्सहरु बीच मैत्रीपूर्ण फुटसल

  • साउन १५, २०७९

बागलुङ - अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा बैंकर्स बागलुङले शनिबार बैंकर्सहरु बीच मैत्रीपूर्ण फुटसल प्रतीयोगीता संचालन गरेको छ । बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुकाे सम्बन्धलाई अझै प्रगाढ बनाउने उध्येश्यले प्रतियोगिताको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै जिल्ला फुटबल संघ बाग्लुङका अध्यक्ष जय राजभण्डारीले अहिलेको बैंकर्सहरु जुझारु युवा शक्ति भएकोले सबै क्षेत्रमा अब्बल सावित हुँदै खेल क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेको बताए । 

बैंक कर्मचारीको दैनिकी केवल बैंक भित्रको काममा मात्रै सिमित नभई अन्य क्षेत्रमा पनि सक्रिय रहँदै आफनो स्वास्थ्य को लागि पनि यस्ताे कार्यक्रमको आयोजना गरीएको बैंकर्स बाग्लुङका अध्यक्ष हेमराज शर्मा बताए । उनले कार्यक्रमको लक्ष्य एवं उद्देश्यको बारेमा कार्यक्रमको संयोजक सुजित ज्ञवालीले प्रकाश पारेका थिए ।

प्रतियोगितामा बिभिन्न चार समुहका ४४ जना बैंकर्स खेलाडीहरूले मैत्रीपुर्ण प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा समूह बैंकर्स हेमन्त बाबु आचार्यले नेतृत्व गरेकोे समुह (बि) ले प्रथम स्थान हासिल गरेको थियो। प्रतियोगिताको उत्कृष्ट खेलाडीकाे उपाधी समुह (बि) का सतिश के. सी. र उत्कृष्ट गोल कीपर को उपाधि पनि समुह (बि) का टंक प्रसाद शर्माले हात पार्न सफल भएको कार्यक्रम संयोजक सुजित ज्ञवालीले जानकारी दिए । 

प्रतियोगितामा बागलुङका करिब १०० भन्दा बढि बैंकर्स कर्मचारीको उपस्थिति रहेको थियो। प्रतियोगितात्मक उक्त कार्यक्रमको अध्यक्षता बैंकर्स बागलुङ का अध्यक्ष हेमराज शर्मा र सञ्चालन सचिव प्रतिमा श्रेष्ठले गरेका थिए। बैंकर्स बागलुङले समय समय मा जिल्लामा बिभिन्न कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया