बागलुङ- लोप हुन लागेको भजन संरक्षण र धार्मिक पर्यटनलाई बढवा दिनका लागि बागलुङमा राष्ट्रिय लोक भजन महोत्सवको आयोजना गरिएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुँले स्थित श्रीधराचार्य शालग्राम सङ्ग्राहलयमासम्म प्रथम राष्ट्रिय लोक भजन महोत्सव आयोजना गर्न लागिएको छ । मंसिर २४ गते देखि २८ गते सम्म भजन महोत्सव संचालन गरिने बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । लोप हुन लागेको भजन संरक्षण र धार्मिक पर्यटनलाई बढवा दिने, शालिग्राम संङग्राहलयको व्यापक प्रचार पसार गर्ने उदेश्यले भजन महोत्सव संचालन गरिने महोत्सव सम्पादन समितिका संयोजन तथा बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए ।
भजन महोत्सवमा लागी देशका बिभिन्न जिल्लाका करिब ५५ टिम बागलुङ आउने छन् । महोत्सवमा राष्ट्रिय लोक भजन चड्का संरक्षण प्रतिष्ठानका अध्यक्ष प्रजापति पराजुली, लोक तथा भजन गायक रेशम सापकोटा, लोक भजनका खोजकर्ता डा. तुलसी प्रवास, श्रीराम अधिकारी लगायतको प्र्रस्तुती रहेन संयोजक खड्काले जानकारी दिए । साथै, गीता जयन्ती पनि परेकाले हरेक बिहान गीता प्रवचनको लागी पनि व्यवस्था मिलाईएको उनको भनाई छ ।
महोत्सवको पूर्वसन्ध्यामा बिहिबार मोटरसाईकल र्याली समेत गरिने छ । र्याली बागलुङ–रत्नेचौर–बेनी बजार–मिलनचोक–कुश्मा हुदै बागलुङ आउने छ । भजन प्रतियोगितको माध्यमबाट व्यापक प्रचार प्रसार गरि श्रीधरआचार्य शालग्राम सङ्ग्रहालयको हजारौँ हजार मानिसलाई चेतना र गण्डकी नदी, शालिग्राम र यस क्षेत्रको सभ्यताका बचाउन महोत्सवले ठूलो भूमिका खेल्ने श्रीधर आचार्य शालग्राम सङ्ग्रहालयका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यले बताए ।
हाल कुँडुलेमा स्थापित शालग्राम सङ्ग्रहालयमा एक लाख बढी शालग्राम राखिएको छ । सुरुङ भित्र निर्माण गरिएको उक्त सङ्ग्रहालय धार्मिक पर्यटकको गन्तव्य बन्दै गएको छ ।