बागलुङ- हामी युवा विद्यार्थीका लागि प्रभावकारी कार्यक्रम कसले ल्याउने ? सामुदायिक विद्यालयको पढाईको गुणस्तर झनै खस्किदै छ यसको सुधार कहिले हुन्छ ? विद्यालयमा छात्रबृत्तिका कार्यक्रम सवै वर्गका लागि छैनन् गरिब र जेहेन्दारलाई पनि यसको व्यवस्थापन कहिले देखी हुन्छ ? जिल्लाको बरेङ गाउँपालिका–३ का निशा थापाले यस्तै प्रश्न राखेकी थिईन भोटमाग्न आएका उम्मेदवार सँग ।
भर्खर १८ वर्ष पुगेकी थापा आफुले पहिलो पटक मतदान गर्ने भएका कारण आफ्नै गाउँमा आएका गठबन्धनका साझा उम्मेदवार काँग्रेसका डिल्लीराम सुवेदी सँग यिनै कुराको उत्तर खोजिन । पहिलो पटक मतदान गर्ने भएका कारण उनिमा छुट्टै उत्साह सँगै आफ्नो पुस्ताका लागि नयाँ कुरा कसले ल्याएको छ भनेर खोजिरहेकी थिईन । बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (२) का गठबन्धनका साझा उम्मेदवार काँग्रेसका युवा नेता डिल्लीराम सुवेदीले बरेङ गाउँपालिका भित्रका युवाहरु सँग गरेको साक्षात्कार कार्यक्रममा थापाले यो सँगै युवालाई रोजगार र सिपमुलक तालिमको व्यवस्थाका साथै महिलाको नेतृत्व विकासमा पनि कसैले चासो नदिएको गुनासो पोखेकी थिईन । थापाले भात्र हैन अन्य सहभागीले पनि उम्मेदवार सँग थुप्रैे प्रश्न गरे ।
विषेशत आगामी निर्वाचनमा पहिलो पटक मतदानका लागि सहभागी हुने मतदाता, युवा तथा महिला सँग सुवेदीले साक्षात्कार कार्यक्रम राखेका थिए । सहभागी अधिकाशंका गुनासको दलहरुले जनमुखि कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए । थापा सँगै रहेका युवा गणेश केसीले बैदेशिक रोजगारीमा जाँदा ठकिएका दाजुभाईका दुःख पिडाको बारेमा सुनाएका थिए । उनले हरेक युवा सकभर विदेश जानै नपर्ने वातावरण सिर्जना गर्नुपर्न र जाँदा पनि सिप सिकेर जाने वातावरण बनाउन जरुर रहेको बताए । केसीले पछिल्लो समयमा नयाँ पुस्तालाई राजनितिले आशा जगाउन नसकेको प्रति गुनासो पोखेका थिए । ‘हामी युवाहरुलाई पछिल्लो समयमा राजनिति प्रति त्यती आशा जागेको छैन, उम्मेदवार सुवेदीलाई लक्षित गर्दै केसीले भने,–‘अहिले भने युवा नै पाएका छौं । यस क्षेत्रमा केही गरौ भन्ने हुटहुटी बोकेको डिल्ली प्रति हाम्रो सम्मान छ । आशा गरौं उहाँले हामी युवा मात्र हैन हरेक वर्गका लागि सोच्नुहुनेछ र गर्नुहुनेछ ।’ यस्तै सोच र क्षमतावान युवा राजनितिमा आएमा समाज परिवर्तनका निम्ती सहज हुने उनको भनाई थियो ।
सहभागीले महिलाको नेतृत्व विकास र सिपमुलक कार्यक्रम पनि अगाडी ल्याउनुपर्ने बताएका थिए । उनिहरुले कृषकले उत्पादन गरेको बस्तुले बजारीकरण नपाएको समेत गुनासो पोखेका थिए ।
कार्यक्रममा उम्मेदवार सुवेदीले हरेक वर्ग र समुदायको आवाज बुलन्द गर्ने निति निर्माणका निम्ती र समुदायको विकासकै निम्ती आफ्नो उम्मेदवारी रहेको बताए । उनले युवा, विद्यार्थी, महिला सवैको प्रतिनिधित्व गर्दै सवैलाई समेटेने प्रदेश सरकारले निति बनाउने गरी आफु जाने उल्लेख गरे । ‘अबको समाज कस्तो हुनुपर्छ भावी सन्ततीको बारेमा सोचेर सोही अनुसारको विकास निर्माणका खाका अगाडी बढाउनुपर्छ । सुवेदीले भने,–मतदाताका बास्तविक समस्या के छन त त्यो बुझनकै निम्ती साक्षात्कार गरेका छौं । यस क्षेत्रको शिर देखी तिर सम्मका हरेम सम्भावना खोज्नेछौं । जनताका समस्यालाई लिएर समाधानको बाटो रोज्नेछौंैं । अब विद्यार्थी, युवा, महिला कृषक सवैका कुरा सुन्नेछौं । हामी अहिले मात्र हैन बारम्बार तपाईको माझमा आउने छौं ।’ उनले बढ्दो बैदेशिक रोजगारीको समस्यालाई रोक्नका लागि आफुले पहल थाल्ने बताए । कार्यक्रममा सहभागीले उम्मेदवारको जवाफ सुनेपछि हामी रोज्ने प्रतिनिधि भनेकै यस्तै हो भनेर खासखुस गरेका थिए । सुवेदीले आफ्नो क्षेत्र अन्तरर्गत बरेङ जैमिनी र बलेवामा युवा र नयाँ मतदाता सँग निरन्तर साक्षत्कार गर्ने जनाएका छन । प्रदेश सभामा सुवेदी सँग नेकपा एमालेका नवराज पौडेल मुख्य प्रतिस्पर्धी रहेका छन । पौडेल काँग्रेस छाडेर एमालेका उम्म्ेदवार भएका हुन ।