नेकपा एमाले बागलुङको निर्वाचनमा ६०४ मत खस्यो

  • पुस २५, २०७८

नेकपा एमाले बागलुङको नयाँ नेतृत्वका लागि भएको मतदान आईतबार साँझ मात्रै सकिएको छ । दिउँसो देखी सुरु भएको मतदान साँझ सकिएको हो ।  कुल ६३६ प्रतिनिधि मतदातामा ६०४ मत खसेको निर्वाचन अधिकृत राम शर्माले जानकारी दिनुभयो ।

मतगणना रातीनै गरिने शर्माले जानकारी दिए । एमालेको जिल्ला अध्यक्ष, उपसचिव र अल्पसंख्यक सदस्य र भुगोल तर्फ काठेखोलाको सदस्यमा निर्वाचन भएको थियो ।  अध्यक्षका लागि अहिलेका कार्यबहाक अध्यक्ष कृष्ण पाठक प्रदेश कमिटि सदस्य हिरा बहादुर केसी र बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजा बिच प्रतिस्पर्धा हुने देखिएको छ ।  त्यसैगरी उप–सचिव दुई पदका लागि गणेश बहादुर थापा चित्रकला छन्त्याल डम्बर बहादुर श्रीष  नेत्र विष्ट प्रेम बहादुर लामिछाने र रामबहादुर जिसीको उम्मेदवारी रहेको छ । 

प्रतिक्रिया