बागलुङ- बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आठौं बागलुङ महोत्सव सुरु भएको छ । पुस २१ गते सम्म संचालन हुने महोत्सवको शुक्रबार नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाट गरेका छन । बिहान ११ बजे बागलुङ बजारबाट ¥याली सुरु भई बाँगेचौर खेलमैदानमा पुगेर उद्घाटन समारोहमा परिणत भएको । उद्घाटन कार्यक्रमलाई भव्य बनाउनका लागि आयोजकले विभिन्न ठाउँ, टोल समुहबाट ¥याली झाँकी ल्याउन आह्वान गरेको थियो । झण्डै ५० बढि सामाजिक तथा शैक्षिक संस्थाका विभिन्न झाँकी प्रदर्शन गरिएको मुल आयोजन समितिका संयोजक एवं अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए ।
महोत्सवमा दुई सय बढि स्टल निर्माण गरिएको छ सबै स्टल बुकिङ भैसकेको स्टल संयोजक अर्जुन कँडेलले जानकारी दिए । महोत्सव उद्घाटन समारोहमा आठ स्रष्टा सम्मान गरिएको थियो । विभिन्न ८ विद्याका क्षेत्रबाट समाजमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

‘आठौं महोत्सव आठ स्रष्टा सम्मान कार्यक्रम आयोजना गरेका छौं, विभिन्न विधाबाट हाम्रो समाजमा योगदान गरेका व्यक्तिलाई हामी सम्मान गरेका छौ,’ अध्यक्ष शाक्यले भने,‘संस्थागत सम्मानमा उद्योग वाणिज्य संघ चितवन, हस्तकलातर्फ ठाकुरजङ राजभण्डारी, राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारी, कला संगितको क्षेत्रमा योगदान पु¥याएका शुभराम भारी, व्यवायिक प्रतिष्ठानबाट सिद्धार्थमिलन श्रेष्ठ, सगरमाथाको उचाई नाप्ने रबिन कार्की, बुर्तिबाङबाट राष्ट्रिय महिला भलिबलको टिममा पर्न सफल मिना सुनार, जेनजी आन्दोलनमा सहिद भएका शौरनकिशोर श्रेष्ठलाई जेनजी सुशासन योद्धाको रुपमा मरणोपरान्त सम्मान गर्दैछौं ।’
महोत्सवमा विभिन्न खेलकुद, मनोरञ्जन तथा अन्य प्रतिस्पर्धात्मक कार्यक्रमसंगै रचनात्मक कार्यक्रम आयोजना गरिएको छ । महोत्सवमा देश विदेशमा चर्चितक कलाकारहरुको साङ्गीतिक प्रस्तुती, दोहोरीगित प्रतियोगिता, महिला पुरुष भलिबल प्रतियोगिता, स्टोरी टेलिङ प्रतियोगिता, स्टार्टअप पिचिङ लगायतका अन्य कार्यक्रमहरुको पनि आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य संघका महासंघ इन्द्रमणि पौडेल अर्जनुले बताए ।
‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नाराका साथ ११ गतेदखि पुस २१ सम्म सञ्चालन हुने महोत्सवमा अँग्रेजी नयाँ वर्षलाई विशेष बनाउन व्याण्ड सहितको कार्यक्रम आयोजना गरिएको छ भने उक्त दिन राती १२ बजेसम्म कार्यक्रम हुने बताईएको छ । महोत्सवमा दुई दिन तीन वटा व्याण्डको प्रस्तुति रहने भएकाले टिकट दर वृद्धि गरिएको छ ।
टिकट व्यवस्थापनका संयोजक तथा उद्योग वाणिज्य संघ बागलुङका प्रथम उपाध्यक्ष नविनकुमार श्रेष्ठले पौष १६ र १८ गतेको लागि अनलाईन टिकट खुल्ला गरिएको र उक्त दिनको टिकट ५००, ८०० र १००० तोकिएको जानकारी दिए । “१६ गते दि फिरन्ते र रकेट व्याण्डको प्रस्तुति रहनेछ भने १८ गते सविन राईको व्याण्डको प्रस्तुति रहनेछ,” उनले भने,“त्योे दिन पास र अन्य टिकटले प्रवेश गर्न पाइने छैन । मेरोटिकट एफ मार्फत अनलाईन टिकट खुल्ला गरेका छौं ।”

महोत्सवको अन्य दिन टिकट दर एक सय रुपैयाँ रहेको र विद्यार्थीलाई ७० टिकट व्यवस्थापन गरिएको छ । ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यालयहरुले सामुहिक रुपमा विद्यार्थीहरुलाई महोत्सव अवलोकनमा लैजाँदा पनि प्रवेश शुल्क नलाग्ने संयोजक श्रेष्ठले बताए । महोत्सवको टिकटको अर्धकट्टी सहित बागलुङमा रहेको विएसआर मुभिजमा फिल्म हेर्न गएर एक वटा टिकट काट्दा एक जनालाई फ्रि र खाजा खाएमा १०% छुटको व्यवस्था गरिएको छ ।
महोत्सवको अवसरमा हेलिकोप्टरबाट साविक धौलागिरी अञ्चलका पर्यटकीयस्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । प्रतिव्यक्ति ९ हजार रुपियाँमा सात मिनेटमा पर्यटकीयस्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको निवर्तमान अध्यक्ष नरेश कंडेलले जानकारी दिए । ‘हामीले ९ हजारदेखि ७० हजारसम्म तिरेर ७ मिनेटदेखि आधा घण्टासम्म विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको अवलोकन गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने । ५० लाख नाफा हुने अपेक्षा लिइएको महोत्सवमा दुई करोड २० लाख रुपैयाँ आम्दानी र १ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
महोत्सवमा खुल्ला राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, पञ्चेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भाले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तित्वकला, लठो तान्ने, घैटोफोर, तारा हान्ने प्रतियोगिता, विभिन्न झाँकी प्रदर्शनी र राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती सहित मेलाको समयमा पर्ने अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा लाइभ डिजे कन्र्सट हुने प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिए ।
महोत्सवमा बागलुङका पर्यटकीय स्थलहरुको प्रचारप्रसारको लागि फोटो प्रदर्शनी समेत गरिने प्रेस सल्लाहकार आचार्यको भनाई छ । महोत्सव उद्घान कार्यक्रममा निवर्तमान संघिया सांसद देवेन्द्र पौडेल, संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा अविरल लगायतले बोलेका थिए ।
कार्यक्रम बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, महासचिव इन्द्रमणी पौडेल अर्जुन र प्रेस सल्लाहकार सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो । 
