जनस्वास्थ्य संघको निर्वाचन: अध्यक्षमा उम्मेदवारी दिएका शाक्यले श्रेष्ठलाई समर्थन गर्ने

  • पुस ११, २०७८

नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा उम्मेदवारी दिएका कृष्णमान शाक्यले सोही पदरका अर्का उम्मेदवार महेश्वर श्रेष्ठलाई समर्थन गर्ने घोषणा गरेका छन्।  शाक्यले एक विज्ञप्ती जारी गर्दै केन्द्रिय समिति अध्यक्ष पदमा दिएको उम्मेदवारीबाट निष्कृय हुने र अर्का उम्मेदवार महेश्वर श्रेष्ठलाई समर्गन गरेको बताएका हुन्।

उनले आफ्नो नाममा मत नहाल्न र श्रेष्ठको नेतृत्वमा रहेका प्रजातन्त्रवादी–पेशागत समूहका उम्मेदवारहरुलाई मत दिन आग्रह समेत गरेका छन्। संघको निर्वाचन पुस २४ गते हुदैछ।

शाक्यले आफु निस्क्रिय रहेको जानकारी दिएसँगै अब श्रेष्ठ र बसन्त अधिकारी अध्यक्ष पदका लागि  चुनावी मैदानमा छन्। प्रजातन्त्रवादी–पेशागत समूहमा अध्यक्षमा श्रेष्ठसहित उपाध्यक्षमा विमला भट्ट, महासचिवमा सागर दाहाल, सचिवमा रोशन लामा, कोषाध्यक्षमा चेतराज पण्डित र सह कोषाध्यक्षमा उमादेवी थापा रहेका छन्।

यस्तै, प्रगतिशिल समूमा अध्यक्षमा अधिकारी, उपाध्यक्षमा सुदर्शन पौडेल, महासचिवमा कैलाश खाकी श्रेष्ठ, सचिवमा तेजप्रसाद दुलाल, कोषाध्यक्षमा डमरु प्रसाद पनेरु र सहकोषाध्यक्षमा हाईकलि थापा रहेका छन्।

प्रतिक्रिया