रास्वपाको समानुपातिक सूचीमा व्यापारिक घरानाका सचिन र विदुषी

  • पुस १५, २०८२

काठमाण्डौँ - राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा व्यापारिक घरानाका सचिन ढकाल र विदुषी राणा प्राथमिकतामा परेका छन् । प्राइमरी इलेक्सन गरेर समानुपातिक उमेदवार छानेकाे भन्दै चर्चा गराएकाे रास्वपामा व्यापारिक घरानाका व्यक्ति प्राथमिकतामा देखिएका छन् ।

साेमबार निर्वाचन आयाेगमा बुझाएकाे ११० जनाकाे समानुपातिक सूचिमा उद्याेग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालका छाेरा सचिन ढकाल र गाेल्ड स्टार जुत्ता कम्पनीकी सञ्चालक विदुषी राणा समेटिएका छन् । विदुषी राणा, खस आर्य महिलातर्फ र सचिन ढकाल , खस आर्य पुरूषतर्फ दुई नम्बरमै राखिएका छन् । विगतमा समानुपातिकतर्फ व्यापारिहरूलाई सांसद पद बेचेकाे र आफन्त भर्ती केन्द्र बनेकाे भन्दै आलाेचना भएकाे थियाे ।

चितवनबाट २० जना, मोरङबाट १६ जना समानुपातिक सूचीमा छन् ।  गण्डकी प्रदेशका ११ जिल्लाबाट ६ जना छन् । गाायक प्रकाश सपूत,त्रिशला गुरूङ, सत्यकला राई पनि समानुपातिक सूचीमा छन् । संसदलाई कानुन बनाउने थलाेका रूपमा हेेरिन्छ  तर,  रास्वपाकाे सूचिमा कानुन क्षेत्रका व्यक्तिहरू देखिएका छैनन् ।

प्रतिक्रिया