सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त

  • चैत २२, २०८२

काठमाडौं -    सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेको थियो ।

सोही अनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् ।  कँडेल रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानुनी सल्लाहकारको रूपमा काम गरेका व्यक्ति पनि हुन् । उनी पत्रकार महासंघ धौलागिरी शाखा बागलुङको  २०५८ देखि २०६० सम्म धौलागिरी शाखाको सभापति पनि थिए ।

सरकारको मुख्य कानुनी सल्लाहकारको भूमिकामा रहने महान्यायाधिवक्ता पदमा डा. नारायणदत्त कँडेल नियुक्त भएका छन् । बागलुङको बिहुँमा जन्मिएका डा. कडेललाई मन्त्रिपरिद्को आइतबारको बैठकले उनलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । कँडेल बेलायतको क्विन्स युनिभर्सिटीबाट कानुनमै विद्यावारिधि गरेका व्यक्ति हुन् ।  तर उनको प्रारम्भिक पेशागत पृष्ठभूमि चाहिँ पत्रकारितासँग जोडिन्छ । २०४९ सालदेखि पूर्णकालिक पत्रकारिताबाट उनको पेशागत जीवन सुरु भएको हो । उनले करिब एक दशकभन्दा बढी समय रेडियो नेपाल, राजधानी दैनिक, राष्ट्रपुकार र नेपाल वाणी साप्ताहिक जस्ता सञ्चार माध्यममा समाचारदाताको रूपमा काम गरेका थिए ।

२०५८ देखि २०६० सम्म नेपाल पत्रकार महासंघ, धौलागिरी शाखाको सभापति बनेका थिए पत्रकारिता गर्दागर्दै उनको रुचि कानुन र न्यायको क्षेत्रतर्फ मोडियो । २०६० सालमा नेपाल बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएसँगै उनले व्यावसायिक कानुनी यात्रा औपचारिक रूपमा थाले ।

कानुनी अभ्यासकै क्रममा उनी नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेपछि उच्च शिक्षाका लागि युरोपका विश्वविद्यालहरू गए । २००७ मा नेसनल युनिभर्सिटी अफ आयरल्याण्डबाट अन्तर्राष्ट्रिय शान्ति अध्ययन र २००९ मा बेलायतको अलस्टर युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर गरेर पछि बेलायतबाट विद्यावारिधी गरे ।

आफ्नो व्यावसायिक जीवनमा उनले अदालतमा बहस मात्र गरेनन् मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र कानुनी शासनको वकालतमा फ्रिडम फोरम, एम्नेष्टी इन्टरनेसनल र मानव अधिकार तथा शान्ति समाज जस्ता संस्थाहरूसँग मिलेर पनि काम गरे ।

प्रतिक्रिया