‘अर्ना जेसीज कप’ सुधार केन्द्र र श्रीमेहर गण फाईनलमा

  • चैत १, २०८०

बागलुङ - बागलुङमा जारी दोस्रो ‘अर्ना जेसीज कप’ फुटबलको फाईनलमा बागलुङ सुधार केन्द्र र श्रीमेयर गण प्रवेश गरेका छन । विहिबार भएको पहिलो सेमिफाईनल खेलमा सुधार केन्द्रले रुद्रेपिपल युवा क्लबलाई २–१ गोलले पराजित गरेर फाइनल यात्रा तय गरेको हो । पहिलो हाफमा दुवै टिमले गोल गर्न नसकेपनि दोस्रो हाफको ७ औं मिनेटमा सुधार केन्द्रको तर्फबाट नाइजेरियन खेलाडी साम्बो ओस्करले पहिलो गोल गरे । त्यसपछि तातेको रुद्रेपिपलले १७ औं मिनेटमा गोल फर्कायो । रुद्रेपिपलका लागि अभिषेक गुरुङले गोल गरेका थिए । बराबरी भएको खेलको ४० औं मिनेटमा सुधार केन्द्रका बरदान निउरेले दोस्रो गोल फर्काएर रुद्रे पिपललाई स्तब्ध पारे । 
विहिबार नै भएको दोस्रो सेमिफाईनल खेलमा नेपाली सेनाको श्रीमेहर गण बागलुङले आदर्श स्पोर्ट क्लबलाई २—१ को रोमाञ्चक जित निकाल्दै फाईनलको यात्रा तय गरेको छ । खेलको २ मिनेटमै गणका प्रकाश निरौलाले गोल हानेर नतिजाको सुरुवाती गरेको गणलाई खेलको १९ मिनेटरमा आदर्शका सुरेन्द्र गुरुङले १ गोल उल्टाएर बराबरी बनाए ।  निकै रोमाञ्चक बनेको खेल पहिलो हाफ बराबरीमा रहयो । खेलको दोस्रो हाफको ४० मिनेटमा गणका रामशरण चौधरीले आर्दशलाई पुन १ गोल हानेर फाईनलको यात्रा तय गरे सँगै पेनाल्टी जानबाट रोकियो र गण फाईनलमा प्रवेश ग¥यो । बागलुङ जेसिजको आयोजनामा भएको खेलको शुक्रबार फाईनल हुने आयोजक बागलुङ जेसिजका अध्यक्ष गणेश महतोले जानकारी दिए । फाईनल खेल बागलुङ सुधार केन्द्र र श्रीमेहर गण विच हुने छ । गत वर्षको जेसिज कप नेपाली सेनाको श्रीमेहर गणले जितेको थियो । यो वर्ष के गर्छ त्यो भने शुक्रबार फाईनल हुनेछ ।  प्रतियोगितामा प्रथम हुनेले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो हुनेले ७५ हजार ५ सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । 


 

प्रतिक्रिया