गण्डकी प्रदेशका सांसद कुँवरले राजीनामा फिर्ता लिए

  • ब‌ैशाख ३, २०८३

पोखरा । मन्त्रीहरूले शपथ लिने बेलामा असन्तुष्टि पोख्दै राजीनामा दिएका गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुँवरले राजीनामा फिर्ता लिएका छन् । उनले बिहीबार सभामुख कृष्ण धिताललाई फोन गरेर आफ्नो राजीनामा फिर्ता लिएको जानकारी गराएका हुन् ।

‘उहाँले फोन गर्नुभएको थियो । अहिलेलाई राजीनामाको पत्रलाई अघि नबढाइदिनुहोला भन्नुभयो,’ धिताल भन्छन्, ‘अहिलेलाई रोकिएको छ ।’ कुँवर मन्त्रीको दौडमा थिए । तर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री नियुक्त गरेनन् ।
बुधबार पर्यटन बोर्डको कार्यालयमा ८ जना मन्त्रीहरूको शपथ चलिरहेका बेलामा कुँवरले ह्वाट्सएपबाट सभामुखलाई राजीनामा पत्र पठाएका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय